• १२ पुस २०८१, शुक्रबार

साहित्यिक पत्रकारितामा उपेक्षित ललितकला

blog

कला र साहित्यबिच पूरक हुनुको सन्दर्भमा  

अक्षरमा खेल्ने, साहित्य एवं पत्रकारिता अनि ललितकला एकअर्काबिचका पूरक हुन् । ती पर्यायवाची हुन् एकआपसमा । साहित्यमा कला भएन भने त्यो खँदिलो साहित्य बन्दैन । आहा कत्ति स्वादिलो, चोटिलो वा घतलाग्दो भन्नु नै साहित्यभित्र रहेको त्यो कलापक्ष नै त हो । लालित्य र लयमा साहित्य बग्नु भनेकै मूलतः सिर्जनामा ललित कलाको प्रवेश होइन र ? यसैमा भावकलाई प्रत्याभूतिको होस् भन्नु नै त सर्जकको आग्रह होला नि । शब्द चयन, पात्रहरूबिचको गठन, सङ्गठन, रूपको निर्माण, संयोजन अनि समग्रमा प्रस्तुतीकरणले नै सर्जकको भाव र विचार अनि दर्शनलाई सञ्चारित गर्ने गर्दोरहेछ । अनि भावक यसको कलापक्षको आग्रहले समातिएपछि ऊ चाहँदा नचाहँदै पनि कला वा सहित्यमा समाहित हुने गर्दोरहेछ । डा. रवीन्द्रनाथ श्री वास्तवले आफ्नो पुस्तक संरचनात्मक शैलीविज्ञानमा स्पष्ट भने– साहित्यको बृहत्तर आयाम हुन्छ कला अनि भाषा । शैली विज्ञानले यही स्वीकार गरेर यो दुई वटै बृहत्तर आयाममा बाँधिएर साहित्यलाई  शाब्दिक कलाका रूपमा परिभाषित गर्ने गर्छन् । शैली विज्ञान जब साहित्यलाई शाब्दिक कला भनेर परिभाषित गर्छ तब साहित्यको सन्दर्भमा दुई वटा तìव कला अनि भाषाको अस्तित्वलाई स्विकार्छ अनि यी दुई तìवहरूको सन्दर्भमा साहित्यको परिधि अनि कार्यक्षेत्र पनि निर्धारित हुने गर्दछ । 

यसैले प्रश्न भने उठी नै रहन्छ कला साहित्यदेखि कहाँ 

बाहिर छ र ?

आजभन्दा झन्डै ८० वर्षअघि मनमोहक यथार्थ रूपमा सगरमाथा बनिसेकपछि नाट्य सम्राट्, कविवर, चित्रकार बालकृष्ण समको कवि हृदय चुप लागेर बस्न सकेनन् अनि क्यानभासमा अक्षरहरूलाई पोखाइ छाडे । यो एउटा प्रयोग जस्तो । चित्रकारिता हुँदै गर्दा पनि अक्षरको मोहले नछोडे जस्तो हुँदाहुँदै पनि एउटा अलौकिक घटना त बन्यो नै । यो उनको सिर्जनशीलता उनको बारेमा लेखिरहँदा उठेको होला नहोला थाहा छैन । तथापि यो एउटा अलग्गपनको विशेषता हुनुमा यसले सहयोग त गर्दछ नै ।  विसं १९९९ वैशाख १ गते पहिला उनले सगरमाथाको चित्र बनाए अनि यसै क्यानाभासमाथि ४ लाइनको कविता लेखे । यो कविता चाहिँ पढ्न सकिने अवस्थामा छैन तथापि बनाएको मिति भने स्पष्ट देखिन्छ । उनको लेखनी क्यानभासमा समाउन पुगेपछि दुवै विधाबिचको आपसी सम्बन्धलाई कसरी उज्यालो पारे यसको ज्वालन्त उदाहरण नै हो । सम्भवतः नेपाली समसामयिक कलाको उदय भएपछि कविता र चित्रको मिलन यो नै पहिला होला । अहिले पनि यो चित्र भक्तपुरको कला सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । यो चित्रमा वाहे उनले अन्य चित्रहरूमा पनि छेयको भागमा अक्षरहरूलाई टाँसेका छन् । यो एउटा उनको आवेश थियो, आवेग थियो थाहा छैन । तथापि नयाँ आयामको थालनी चाहिँ भएकै हो । धेरै पछि अर्थात् ३० वर्षपछि आधुनिक कलामा नयाँ जग बसाउँदै गरेका अनि जुर्मुराउँदै नयाँ नयाँ प्रयोग गरिरहेका कलाकार उत्तम नेपालीले सन् १९७५ मा कवि, कविता र चित्र भनेर एकल कला प्रदर्शनी नै गर्न भ्याए । कवि कविता अनि चित्रलाई गाँस्ने यो उपव्रmम एकल कलाको रूपमा पहिलो पनि भयो । यसरी यसअघि यति विघ्न साहित्य बारे कविबारे चिन्ता र चासो लिएर कलाको साथ मिसाउने काम कसैले गरेका थिएनन् । यो एउटा अर्को इतिहासको महìवपूर्ण खण्ड बन्यो । विसं २०६० सालमा उनको उत्तम नेपालीका कविताहरू नामक एउटा कविता सङ्ग्रह नै निस्क्यो  । चित्र र कविता कसरी एकै ठाउँमा गाँसिएको रहेछ, उनैको कविताको सानो अंशः 

जब म साकार स्वप्न चाहन्छु कविता लेख्छु

जब म स्वप्नमय आकार चाहन्छु चित्र लेख्छु 

जब म जीवितको निम्ति अमृत चाहन्छु कविता लेख्छु 

जब म मृतको निम्ति जीवन चाहन्छु चित्र लेख्छु  

कला र साहित्यमा बुट्टा भर्ने उपव्रmम 

भावकले लिन खोज्नु, लिनु– नलिनु आदि इत्यादि चाहिँ साहित्य वा ललित कलाको कला–पक्ष कत्तिको बलियो छ भन्ने हुँदो रहेछ । सिर्जनाले भावकलाई मोहित पार्छ कि पार्दैन वा उनलाई अर्थपूर्ण लाग्छ कि लाग्दैन आदि इत्यादि प्रव्रिmया उनैको टेस्टमा भर पर्ने हुँदो रहेछ । भावकको टेस्ट भनेको चाहिँ उनलाई मन पर्नुको सन्दर्भ हो । यसैले गर्दा पनि एस्थेटिक्सको परिभाषामा कमन टेस्टलाई सजिलै व्याख्या विश्लेषण गरी दिए विद्वान्हरूले । सन् १७५० मा जर्मनका कलाविद् अलेकजेन्डर वामगर्टनले एस्थेटिक्सलाई असल स्वाद अर्थात् गुड टेस्टका रूपमा व्याख्या गरिदिए । साहित्य वा कलामा कसलाई कुन मन पर्छ के मन पर्छ आदि इत्यादिलाई हेर्दै गर्दा व्यक्ति विशेषको नितान्त आआफ्नै रोजाइ हुने गर्दो रहेछ । यही कमन टेस्टको विम्बहरू खोज्दा खोज्दै सम्भवतः कलाको आधार विन्दुमा टेकेर मान्छेले के मन पराउँछ अनि किन मन पराउँछ भन्ने खोज भएको हुन पर्छ । 

यसर्थ भावक सिर्जनामा आबद्ध हुनु भनेको चाहिँ नितान्त भावककै इच्छा र चाखमा भर पर्दोरहेछ । भावकमा चाख बनिरहोस् भन्नाका लागि सिर्जनालाई बौद्धिक, भावनात्मक अनि भौतिक बु्ट्टा भर्ने काम अनि हुने गर्दो रहेछ । यही आफ्नो भाव र विचारलाई सिँगारपटार गर्नु भनेको चाहिँ कला रहेछ । सर्जकको काम सिर्जना मात्र पस्कने काममा आबद्ध हुँदा पनि डेरिडाले सिर्जनापछि लेखक मर्ने कुरा उठाएका होलान् । भावक नै सर्वैसर्वा भएपछि कलामा चाहिँ सबैभन्दा चर्चा र बहसको उच्च स्थान मा पुगेको पार्टिसिपेटोरी कला हो । जहाँ भावक आफैँ कला वा साहित्य वा नाटकको एक भागमा समाहित हुने गर्दछन् । जहाँ नाच्दै गरेको पात्र, कविता  अनि तवला सारङ्गीको मधुर ध्वनि पनि कलासँग एकाकारमा प्रस्तुत भइरहेका हुन्छन् । जहाँ मात्र राम्रो बन्ने बनाउने प्रव्रिmया उठिरहेको बेला सौन्दर्यको आयतन र सीमा भ्याइनसक्नु भएर लम्बिएर गएको देखिन्छ । यसैले कसैले कसैलाई छेक्ने बेला होइन अव त । सबै विधाले सबै विधाको समग्रमा छलफल, समीक्षा गर्नु पर्छ, गर्ने बेला भएको छ । उपेक्षा होइन भन्ने भाष्य विस्तारै विकसित हुँदै गइरहेको छ ।  

हाम्रै परम्परगत चलन चाहिँ 

यता पूर्वमा चाहिँ परम्परागत चलन छ । ललित कलामा चाहिँ परम्परादेखि चल्दै आएको यो चलन चित्रपटमा मूल देवीदेवतालाई शास्त्र अनुसार नियमबद्ध रूपमा बनाइसकेपछि कलाकारले अनेकानेक पूmलबुट्टा, लहरा पात आदिले सजाउने गर्दछ । कला बनाउन लगाउने पनि यहाँनेर चाहिँ कलाकारलाई स्वतन्त्र छोडिदिएको हुन्छ । जतिसुकै भक्तिभावमा अनेकानेक धार्मिक प्रतीक र विम्बहरू, आयूध, आसन वा मुद्राहरू चित्रण गर्न धर्म शास्त्र अनुसार निर्देशन भए पनि पछाडि वा वरिपरिको भागमा चाहिँ नितान्त यसैलाई सिँगार्ने उपव्रmम हुन्छ । यो थोरै अलग्ग कलाकारको सिर्जनशीलतामा लुकेको देवी देवतालाई अझ राम्रोसँग प्रस्तुत गराउ भनेर पोस्चरलाई पनि त्यही ढङ्गबाट संयोजन गरिएको हुन्छ वा राम्रो सुन्दर देखियोस् भनेर हाम्रा देवी देवताहरू साुन्दर अनुहार अनि आकर्षक शारीरिक संरचनाका साथ देखा परेका हुन्छन् । तथापि एउटै मात्र लक्ष चाहि यो सिङ्गार पटारले भक्तहरूमा आफ्नो आराध्ये देवीदेवतामा अझ भक्ति बढून् नै भन्ने नै हँुदो रहेछ । आज यसैको अलि विकसित रूप देखा परेको छ । आज ललितकलाभित्र चाहिँ यसका लागि खास टर्मिनोलोजीलाई प्रयोगमा ल्याउने गर्दछन् । अनि यसलाई सबैले बुझिने भाषामा चाहिँ एस्थेटिक्स जजमेन्ट भन्ने गरिन्छ । कथा वा कविताको सिर्जन प्रव्रिmया पनि योभन्दा कहाँ बाहिर हो र ? यस्थेटिक्सका कुरा त हामी के कला, के साहित्य, के नाटक  सबैतिर सबैले नै गर्ने गर्दछौँ । 

कला साहित्य मात्र पनि होइन, नाटक, नाच वा सङ्गीत वा कुनै पनि वस्तु, घटना, बोलीचाली वा कसैको व्यावहारमा समेत कलालाई कसरी समायोजन गरिएको छ, यसै अनुसार यसको प्रवाह तेजिलो वा भुत्ते हुने गर्दोरहेछ । एस्थेटिक्सको सन्दर्भ उठी बस्ने, उठाइ बस्ने सन्दर्भ चाहिँ सिर्जनाको गुणस्तरमाथिको खोजी नीति, अनि यसैलाई स्थापित गरी अब्बल भएको वकालत गर्ने गराउने आदि प्रव्रिmयाका लागि हुने गर्दोरहेछ । यसैले त एउटा मोनालिसाको सामान्य महिलाको व्यक्तिचित्रलाई हजारौँ रुपियाँ तिरी तिरी यसलाई मात्र अवलोकन गर्न दर्शकहरू दिनभरि लाइन बस्छन् । एक वर्षमा यसैलाई अवलोकन गर्न विश्वभरका ९० लाखभन्दा बढी दर्शकहरू युरोपको पेरिसमा अवस्थित लुभ्रे कला सङ्ग्रहालय पुग्छन् रे । पर्यटनलाई समेत आकर्षक बनाएको एउटा सामान्य व्यक्तिचित्रले आफैँमा महत्ता कसरी बनायो होला ? 

मूलतः अहिले खुब चलन चल्तीमा रहेको शब्द इन द फर्म अफ आर्ट को दृष्टिले हेरे पछि कुनै पनि कुराको भ्यालु अचानक बढ्ने काम गर्दो रहेछ । भनेको चाहिँ एउटा कविता पनि इन द फर्म अफ आर्टको रूपमा व्याख्या विश्लेषण हुन पुग्यो भने यसैको भ्यालु पनि बढेर जान्छ । यही एस्थेटिक्सले कला–साहित्यको वा कुनै पनि कुराको भ्यालुलाई यसरी उच्चतम विन्दुमा पु¥याएको खेल नै त रहेछ । यो कलामा मात्र कहाँ हो र ? यही कथा र कवितामा गुणस्तर खोज्नु भनेकै यही एस्थेटिक्स जजमेन्ट भन्दा कहाँ पर हो र ? यसैले पनि प्रश्न भने उठिरहन्छ कला साहित्यभन्दा कहाँबाहिर छ र ?  

साहित्यमा पसेको दृष्टान्त चित्र 

सजावट कला संलग्न नहुँदा पत्रकारिता नुन नहालेको तरकारी जस्तो हुन्छ । गतिलो कलाकार संलग्न भएका पत्रिका अझ खाइलाग्दो हुने गर्छन् । भावक आकर्षक हुनु, तत्क्षण नै उनको दृष्टि पत्रिका पर्नु उनलाई यसभित्र पस्न घचघच्यारहनु भनेकै त कला पक्षले गर्दा नै त हो । यसभित्र रहेका समाचार त वा आलेख त पछि पढ्ने नै त हुन् । कविता वा कथामा सँगसँगै बसी उसलाई अझ ओझपूर्ण बनाउने, शक्तिशाली बनाउने चित्र नै त हो । अनि धेरै अर्थमा सर्जकको भाव र विचारलाई थप सहयोग गरीसँगै बसिदिने दृष्टान्त चित्र र आवरण चित्रको प्रचलन त धेरै नै पुरानै हो । अझ भन्नै पर्दा अधिकारिक रूपमा दशौँ शताब्दीतिरै ग्रन्थमा चित्रहरूले सिँगार्ने प्रचलन आएपछि यसलाई ग्रन्थ–चित्र नै भनी विश्वमा प्रख्यात भएको पनि हो । 

यसो भनिराख्दा आजको दिनसम्म यी सबै विधा र उपविधाहरू सँगोलमा चाहिँ किन देखा परेनन् ? विकासको भाषामा सेम फुटिङ्ग भन्छन् अङ्ग्रेजीमा, यी कला साहित्यबिचमा यसो कि हुन सकेनन् ? यी प्रश्नको थुप्रो हामीबिच कहिलेसम्म अन्योल बनेर किन बसिरहेको छ एउटा थप प्रश्न ? कलामा भएको अनेकौँ कलागत प्रवृत्ति, धारा उपधारा, स्वाभाव र प्रकृति अनि यसैको विकासको प्रव्रिmया लेखनमा झर्दा यो चाहिँ समग्र लेखन वाङ्मयदेखि अलग्ग कसरी भयो र ? 

कलामा अक्षरहरूले थुप्रै उछलकुद गरेको छ । 

कलामा अक्षरले गर्ने गरेको उछलकुद् थुप्रै छ । कविताहरू बग्रेल्ती रूपमा कलामा समावेश भएर देखिएका छन् । यो एउटा कविता स्वयंको पुनव्र्याख्याको सन्दर्भ पनि हुन सक्छ । अनि प्रस्तुतिको ढङ्गमा क्यानभास वा काठको टुव्रmामा कविता बस्दा पनि त कविता त कविता नै हो । यसले पनि त कविताको इतिहासमा आफू अटिनु आफ्नो अधिकार खोज्छ होला नि ? 

सन् २००२ मा ओशो तपोवनमा एक जना समसामयिक मूर्तिकार गोपाल कलाप्रेमीले अद्भुत कलालाई प्रस्तुत गरे । लाम लागेर बसेका सिँडीहरूमा दुई वटा ससाना मानवका मूर्तिहरू राखिएका थिए । एउटा मूर्ति झुकेर माथितिर उक्लिँदै गरेको अनि अर्को चाहिँ झुकेरै तलतिर झर्दै गरेका मूर्तिहरूको दृश्यावलोकन हुन्थ्यो  । माथितिर सिँडीमा आला फूलहरू राखिएका थिए भने तलतिरका सिँडीहरूमा सुकेका फूलहरू राखिएका थिए । अनि प्रश्न पनि सँगै लेखेर राखिएको थियो भने को बुद्ध हो अनि को भिखारी हो ? अनि लामो उनैको कविता यही कामको एउटा सानो भाग बनेर त्यहाँ राखिएको थियो । अर्थ थुप्रै नौलो प्रयोग बनेका यो समसामयी कला कलाको एक अलग्गै अर्थ त छँदैछ । यहाँ प्रसङ्ग कविताको उठ्दा उनको कामकै एउटा अभिन्न अङ्ग बनेको कविताको सानो अंश जुन यस प्रकार छ ः

प्रिय कुमुदिनी 

अङ्कुरण तिमीलाई 

एउटा भ¥याङ त्यहाँ मन्दिरसम्म पुग्ने 


भिक्षा माग्दै दुई जना मागेर खानेहरू 

उस्तै चीवरमा 

उस्तै भिक्षा पात्र लिएर

एउटै खुड्किलामा 

वस्

एक जना चड्दै छ 

अर्को ओर्लंदै छ एक जना सबै त्यागेर चड्दै छ 

अर्को सबै पाउनका लागि ओर्लंर्दै छ 

एउटा यस्तै अर्को प्रसङ्ग सुजन चित्रकारले सन् २००४ मा एउटा मेडिटेसन अन सेल्फ डट कम नामक एकल कला प्रदर्शनी ग¥यो । स्वभावतः कलादीर्घाको भित्ता चित्रहरू टाँगिएका थिए । तथापि यसमा विशेष गरेर देखा परेको चाहिँ एउटा २ ६ फूटको चित्र थियो । स्वाभावतः यस्ले भुइँसम्म छोएको अवस्थामा देखिन्थ्यो । भुइँसम्म छुवाइएको नै थिए । (सामान्यतय यसरी चित्रलाई प्रदर्शन गर्ने चलन छैन) चित्र ठिक सामुन्ने भुइँमा एउटा षडकोणको चकडी विच्छ्याइएको छ । अवलोकन गर्न आउने भावकलाई घुम्दै यो चित्रमा आइपुग्ने वित्तिकै थचक्कै भुइँमा बस्ने कलाकारको आग्रह थियो । भुइँमा थचक्कै बसेपछि ठिक आँखाको अगाडि चित्रपटको बिचै भागमा दृष्टि ठोकिन्छ अनि त्यो क्यानभासमै एउटा काठले बनेको ठ्यासफु (परम्परागत ग्रन्थ) टाँसिएको देखिने छ । जसलाई खोल्न मिल्छ, खोलेपछि त्यो कविता देखिने छ । त्यो पढ्नलाई अलाकारको आग्रह हो । यसैको कनेक्सनमा यसलाई इन्टरनेमा पनि जोडेका थिए । मेडिटेसन अन सेल्फ डट कम खोलेपछि एउटा विज्ञापन आउँछ, जसमा लेखिएको छ आध्यात्मिक प्रोडक्ट चाहियो भने यो बटम थिच्नोस् । यो बटम थिच्नेबित्तिकै यो कविता देखा पर्छ । यो कविता यसरी अगाडि बढ्छ यसको सानो अंश ः

प्रभातको पहिलो लाली 

चराहरू ब्युँझन सक्दै

मन्दिरका घण्टाहरू नयाँ दिनको शुभ सङ्केत दिन्छन् 

सम्झनाहरू केही टुसाएका स्मृतिहरू 

अनि सापटी मागिएका केही आदर्शहरू 

अनि केही गर्ने दृढता 

ऐना त मात्र सतह 

सतही कुराकै समुद्घाटन मात्र 

अन्तरमनको अपार क्षितिज कसैले नै बुझेको होला   

यो समसामयिक कलाभित्रका कविता कसरी, कहाँ बस्छन् ? कविताको इतिहासमा यो एउटा प्रश्नको रूपमा उठेको सन्दर्भ पनि हो । 

अक्षर आफैँ एउटा कला पनि हो  

अक्षर आफैँ एउटा कला पनि हो । रेखाङ्कनबाट यसको उपज भयो । पाषण कालमै रेखाहरूले जनवार पशुपन्छी अनि फूल, पात बनाउँदा बनाउँदै कालान्तरमा अक्षरका रूपमा परिवर्तित हुँदै–बन्दै सन्देश प्रवाहका लागि लिपि बने, भाषा बने । जनावर वा पन्छीलाई चित्रपटमा बुन्दै गर्दा रेखाहरू जसरी मेहनतका साथ भित्र बसे सौन्दर्यका साथ माधुर्यतालाई समावेश गर्ने चेष्टा गरे । शुभारम्भको बेलामा अक्षरहरूलाई पनि यस्ता यस्तै सौन्दर्यता लिपिमा पनि समावेश भए गरेको पाइन्छ । आज पनि सिधासाधा अक्षरलाई अनेक मोडमा बनाउँदै लयात्मकता, मनमोहक बनाउँदै कलाका रूपमा पस्किने प्रचलन छ । यस्ता अक्षरहरू अक्षरमा नभई कलामा प्रस्तुत हुने चाह सबैमा रहेको पाइन्छ । धर्ममा यही अक्षर कलाका रूपमा बनिँदै पुजिँदै पनि आए । हातले लेख्ने प्रचलन बस्दासम्म राम्रो लेख्ने, लेख्न सक्ने कलाकारहरू नै सुरुका दिनमा संलग्न भएका देखिन्छन् । यस्ता अक्षर लेख्दा त्यतिबेलाका अक्षर सुन्दर र कलात्मक देखिन्छन् । आज त्यति बेलाका यी अक्षार आफैँमा कला–सम्पदा बनेर आज व्याख्या विश्लेषण गर्ने गरिन्छ । सम्भवतः सर्वप्रथम आधिकारिक रूपमा शिलालेखका रूपमा शिलामा अक्षरहरू देखा परे । अनि आज त्यस बखतका सामाजिक, राजनीतिक अवस्था बुझ्न यो महìवका शिलालेखलाई अध्ययन गर्ने गरिन्छ ।  

आज पनि चाइनिज वा जापानिज कला अनि अक्षरहरू पनि ब्रसबाटै बन्दै– बनाउँदै आएका छन् । अक्षरभित्र पनि कलात्मक सुगन्धलाई महसुस गराउने आज पनि परम्परा छ । आधुनिक युगमा आधुनिक कलामा क्यालिग्राफी कला कलाको आन्दोलनमै देखापरेको कलाशैली पनि हो । अक्षरहरूलाई क्यानभासहरूमा समायोजन गरेर कला बनाउने यो प्रचलन पाकिस्तानमा बढी मात्रमा प्रचलनमा रह्यो । विश्वभरमा यसले राम्रो प्रभाव जमायो । अहिले विश्वमा चर्चाको शिखरमा पुगेको ग्राफिटी कलामा अक्षरको भरमार प्रयोग गरेका हुन्छन् । नेपालमा विशेष गरेर काठमाडौँ र ललितपुरको बाटोनजिकै रहेका वालमा प्रशस्तै देखिन्छन् । नेपालमा यसको सुरुवात भएको पनि १० वर्ष नाघिसक्यो ।   

चित्रकलाबाट अक्षर बन्यो । सम्भवतः पूर्वमा इसापूर्व तेस्रो शताब्दीमा स्पष्ट र अधिकारिक रूपमा देखा परेको खरोष्ठी वा ब्राह्मी लिपिको कहीँ न कहीँ पाषणकालमा देखा परेको भित्तेचित्रसँग जोड्न खोजेका देखिन्छ । कति विद्वान्हरूले त खरोष्ठी लिपिलाई राम्ररी पढ्न नसकिएकाले गर्दा यसलाई चित्रका रूपमा व्याख्या गर्ने पनि गर्छन् । अनि कसैकसैले चाहिँ दायाँबाट बायाँतर्फ लेखिने यो खरोष्ठी लिपि धेरै प्रचलनमा आएन र विलिन भयो भन्ने पनि गर्छन् । 

भाव–अभिव्यक्तिका दुई माध्याम कला र साहित्य दुवै हुन् । चित्रबाटै शुभारम्भ भई अक्षरमा पनि भाव र विचारलाई अभिव्यक्त गर्ने परम्परा बस्यो । यसो हो भने सहित्य, पत्रकारितामा कलालाई, कलामा लेखिएको आलेखलाई किन उपेक्षा ? एउटै परिवारका एक दुवैमा आश्रित, एकअर्काबिचको मिलनले भावाभिव्यक्तिलाई बलियो बनाउने दुवैको मिलनलाई अलग्याई कलालाई किन उपेक्षा ? 

पाषणकालदेखि नै निश्चित मानिसका बिचमा आशय र अर्थको सञ्चारका लागि प्राणीको हुबहु बनाएका चित्रहरूको वर्णन पाइन्छ । यहाँ प्रतीकात्मक सञ्चारको शब्द प्रयोग भएको पाइन्छ । सुरुको समयदेखि नै कलालाई आशय–लेखनको उपमा दिँदै आइएको छ । यसमा भाषातìवको उपस्थिति नहँुदा यो वास्तविक लेखन होइन कि भन्ने थियो । कत्तिले एकाङ्गी रूपमा व्याख्या गर्दा देख्न सक्ने चिह्नहरूका माध्यमले भाषाको उपयोग नगरी आशय व्यक्त गर्ने अन्तः सञ्चारको प्रयासलाई आशय लेखन वा सिमासियोग्राफी भन्नु पर्छ पनि भने । आज बुझिहेर्दा कविता आशय लेखन होइन ? कविले कविता लेख्दा केही आशय राखेका हुँदैनन् र ? प्रतीकात्मक र विम्बहरू आफैँमा आशय लेखनको प्रतीक होइनन् र ?  

लेखन अनि यसको जन्म वा पूरा अनि लेखनको खोजी यसबाट निस्कने आशय पुरालेखनले ( प्यालियोग्रफीले) स्पष्ट सङ्केत गर्दछ । डा. दिनेशचन्द्र रेग्मी आफ्नो पुस्तक पुरालेखन र अभिलेखमा उठाउन खोजिएका सन्दर्भलाई अलिकता हेरौँ । उनी भन्छन्, लेखनको वर्णनभित्र त्यसको बाहिरी स्वरूपको बयानको साथसाथ विभिन्न रेखा, प्रतीकात्मक र चित्रात्मक चिह्नहरूले भाषातìवलाई कसरी बुझाउँछ भन्ने कुराको व्याख्या गरिन्छ । भाषातìव अर्थात् भाषाका शब्द, अक्षर वा वर्ण बुझाउने चित्रहरूको सुनियोजित व्यवस्थित पद्धत्तिको आरम्भ कहाँ र कसरी भयो र विकास कसरी भयो, यसको खोजी नै पुरालेखनमा खोजिन्छ । 

अनि चित्रहरू अक्षर, लेखन वाङ्ग्य, कहिले अलग भए र ?