• १३ असोज २०८१, आइतबार

काँग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा

blog

गणेश खनाल

अर्घाखाँची, जेठ २ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा कांग्रेसले अपेक्षित उपलब्धि हासिल  गर्न नसकेको भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो । 

२०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनामा दिएको बताउनुभयो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री हुनुहुन्छ ।