• १५ असार २०८१, शनिबार

कपिलवस्तुमा आठ वडाको मतगणना सकियो

blog

जानु पाण्डे

कपिलवस्तु, जेष्ठ १ गते । कपिलवस्तुमा ६ पालिकाका ८ वडाको मत गणना सम्पन्न भएको छ । नेकपा एमाले र नेपाली काँग्रेस ३-३ वडा, राप्रपा र जसपा १-१ वडामा प्यानलसहित विजयी भएका हुन् ।

यस्तै, शिवराज नगरपालिका १ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा खिमविक्रम केसी १४ सय ५२ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी राप्रपाका राहुलकुमार चौधरीले १२ सय ६२ मत प्राप्त गर्नुभएको छ। 

यशोधरा गाउँपालिकाको २ मा एमालेका मनोजकुमार चौवेको ४४५ मत र विजयनगर गाउँपालिका १ मा एमालेका इन्नर थारुको प्यानलसहित विजयी भएका छन् ।

यसैगरी, कृष्णनगर नगरपालिका १ मा राप्रपा र वडा अध्यक्षमा तुङ्गनाथ चौधरीले ५१५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गणेशकुमार पाण्डेयले ५१६ मत प्राप्त गर्नुभएको हो ।

बाणगंगा नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका अमित पौडेललाई पराजित गर्दै नेपाली काँग्रेसका सन्जु सारु विजयी हुनुभएको छ । कपिलवस्तु नगरपालिका १२ मा वडा अध्यक्षमा इन्सान अलि धुनियाले ९ सय ३८ मत र शिवराज नगरपालिकाको ११ मा नेपाली काँग्रेसको प्यानल विजयी भएका छन् । वडाध्यक्षमा रामेश्वर वर्मा पुनः दोहोरिएका छन् । 

साथै, कपिलवस्तु नगरपालिका १ मा जनता समाजवादी पार्टीका मोहम्मद जाहिद खाँको प्यानल विजयी हुनुभएको छ । उहाँले ९ सय ४३ मत प्राप्त गर्नुभएको हो ।