महिलाको हत्या आरोपमा तीनजना पक्राउ
रुकुम पूर्वमा एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
उम्मेदवारको मृत्युपछि तुलसीपुर–१७ मा जेठ ३ गते निर्वाचन
नेकपा (एमाले)बाट वडाध्यक्ष पदमा उम्मेदवार दिनुभएको लबरु चौधरीको मृत्यु भएपछि निर्वाचन आयोगले जेठ ३ गते निर्वाचन गर्ने निर्णय गरेको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन
बाँकेमा स्थानीय तह निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । खुला सीमानाका कारण बाँकेमा निर्वाचन सुरक्षा निकायको लागि ठूलो चुनौती रहेकोले सो चुनौतीको सामना गर्न जिल्लामा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।
उद्घाटन हुँदै पाँच हजार क्षमताको लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल
लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उदघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।
नसुधारिएको बालसुधारगृह
कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर—७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् ।
सीमा नाका आजदेखि बन्द हुँदै
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उहाँले बताउनुभयो ।
प्रशासनिक सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता वितरणलगायतका सेवा बन्द रहने जनाएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता, नाबालक परिचयपत्र, पेन्स