• १९ असार २०८१, बुधबार

बेवारिसे शव फेला

blog

भावना जोशी                            

अत्तरिया, असार १८ गते । बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ । कैलाली जिल्ला जानकी गाउँपालिका–७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिनुभयो । 

चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाइँ गरेको खेमराज ढुङ्गानाको खेतमा मृत अवस्थामा फेला परेको हो । टीकापुरबाट खटेको प्रहरी टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि टीकापुर अस्पतालको शवगृहमा राखिएको बोहराले जानकारी दिनुभयो ।