• १९ असार २०८१, बुधबार

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार घरघरमा

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २४ गते ।
रुपन्देहीको तिलोत्तमाका सत्ता गठबन्धनका उम्मेदवारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् ।

तिलोत्तमाको प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको बताउनुभयो  ।

उहाँले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर मत बदर हुनबाट जोगिनको लागि मतदाताको घरदैलोमा पुगरे मतदाता शिक्षा प्रदान गरेको बताउनुभयो  ।

तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिँडेको बताउँदै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

तिलोत्तमा–९ मा गरिएको घरदैलोको क्रममा आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै प्रमुख पदका उम्मेदवार खाँणले तिलोत्तमाको समग्र विकासको लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

घरदैलोमा उपमेयर पदका उम्मेदवार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा सहि तरिकाले मतदान गर्न आग्रह गर्दै प्रमुखमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गर्नुभयो  ।

मतादाता शिक्षाको बारेमा पहिले थाहा नपाएपनि गठबन्धनका उम्मेदवारले सहि तरिकाले मतदान गर्न सिकाएको प्रति स्थानीयले खुशी व्यक्त गरेका छन् ।

तिलोत्तमा–९ कि ३७ वर्षीया रुपमाया चौधरीले गठबन्धनका उम्मेदवारको कारणले आफूले मतदान गर्ने तरिका थाहा पाएको बताउँदै यो पटक गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म भोट माग्न धेरै आए, तर कसैले पनि मतदान गर्ने तरिकाको बारेमा सिकाएनन्, यदि गठबन्धनका उम्मेदवारले नसिकाएको भए मेरै मत पनि बदर हुने रहेछ ।’’

वडाका उम्मेदवारसहित पुगेका मेयर तथा उपमेयरका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका हुन् ।

यस्तै, तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेदवार रामकृष्ण खाँणले गर्नुभएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेदवार खाँणले आफैँ गर्नुभएको हो ।

उहाँले तिलोत्तमालाई सुन्दर र शान्त बनाउनेसँगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागिरहेको बताउनुभयो ।