• १९ असार २०८१, बुधबार

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन

blog

नेपालगञ्ज, वैशाख १४ गते । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गर्नुभएको छ । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराउनुभएको हो ।    

सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिनुभएको छ । काँग्रेसबाट उम्मेदवारी दिनुभएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । उहाँ हाल तरुण दल बाँकेको सचिव हुनुहुन्छ ।    

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुनुहुन्छ । । उहाँ उपमहानगरपालिकाको प्रवक्तासमेत हुनुहुन्थ्यो । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुनुहुन्थ्यो  त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित हुनुभएको थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै हुनुहुन्छ । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।