• ७ जेठ २०८१, सोमबार

रेसुङ्गा नगरपालिकामा पन्थीलाई उम्मेदवार बनाउने काँग्रसको निर्णय

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख ११ गते ।
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । पन्थी काँग्रेस गुल्मी सभापति हुनुहुन्छ ।

काँग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिमा सिफारिस गरेको थियो ।

सिफारिसलाई जिल्ला कार्यसमितिले जिल्लाको रायसँगै नेपाली कँंग्रेस लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई काँग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासिन्दा हुनुहुन्छ । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली काँग्रेसको राजनीति गर्दै आउनुभएको छ । झण्डै नौ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष हुनुभएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्याधिक मतले काँग्रेस गुल्मी सभापतिमा विजयी हुनुभएको थियो ।