निस्दीलाई मण्डली कप उपाधि
मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । उपाधिका लागि निस्दी र मणिमुकुन्द भलिबल क्लबबिच भएका प्रतिस्पर्धामा निस्दीले मणिमुकुन्दलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या
३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ।
अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई
बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृत भएकामध्ये ७६ प्रतिशत बेरोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ ।
सिमसार क्षेत्रका रूपमा विकास हुँदै राजापानी
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।
एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे
रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
नेपालगन्जमा निर्माण भयो बौद्ध गुम्बा
नेपालगन्ज उपमहानगपालिका वडा ४ स्थित न्यूरोडनजिक रहेको बौद्ध गुम्बा र गुम्बाबाट देखिएको डुब्दै गरेको सूर्य ।
बाँकेमा विभिन्न प्रजातिका ६३ सर्पको उद्धार
बाँके जिल्लामा गत साढे तीन महिनाको अवधिमा ६३ वटा सर्पको उद्धार गरिएको छ।
कम्युनिष्ट नेता पोख्रेलको निधन
दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।
‘युवाहरू महत्त्वाकाङ्क्षी भएर बिदेसिँदै छन्’
वैदेशिक रोजगारमा जाने ९० प्रतिशत युवाहरू महत्त्वाकाङ्क्षी कारण जाने गरेको सरोकारवालाले बताएका छन् । पाल्पामा भएको युवासँग नेतृत्व विषयक खुला बहसमा यस्तो बताएका हुन् ।
विजय र विनिसालाई ‘गौघाट ग्रीन रन’ उपाधि
पर्यावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित ‘गौघाट ग्रीन रन रोड रेस’ मा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जित्नुभएको छ ।
बारीबाटै सयपत्री बिक्री हुँदा कृषक उत्साहित
यस पटक तिहारमा सयपत्री बारीबाटै बिक्री भएपछि यहाँका कृषक उत्साहित भएका छन् । गत वर्ष तिहारमा प्लास्टिकका माला भारतबाट ल्याएर बिक्री बढी भएपछि स्थानीय कृषक चिन्तामा परेका थिए ।
सिकलसेलका बिरामीको उपचारमा सहज हुने विश्वास
सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएपछि बिरामीको उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।
६ करोड बढीको अकबरे खुर्सानी बिक्री
रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
कला प्रदर्शनीमा रमाउँदै विद्यार्थी
बिहीबारदेखि नेपालगन्जमा सञ्चालन भएको वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको ‘श्यामानन्द वृहत् एकल कला प्रदर्शनी’ को अवलोकन गर्न आएका विद्यार्थी रमाएका छन् ।
लुम्बिनीको गौरवका आयोजना प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको हो ।
गौतम बुद्ध विमानस्थलबाट एकसाथ तीन अन्तर्राष्ट्रिय उडान, जजिराको पनि उडान सुचारु
कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ ।
धान झाँट्दै कृषक
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जलजलेमा परम्परागत शैलीमा धान झाँट्दै स्थानीय कृषक । यतिबेला कृषकलाई स्याहार्ने चटारो छ ।
बर्दिबासमा दुर्घटना: एककाे मृत्यु, तीन घाइते
पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
प्रहरी टोलीमाथि आक्रमण
तस्करीको सामान नियन्त्रणमा लिने सुरक्षाकर्मीमाथि रुपन्देहीमा आक्रमण भएको छ ।
तोरीको साग टिप्दै
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बासबोटकी स्थानीय वृद्धा तोरीको साग टिप्दै । सिजनमा तोरीको साग टिपेर हिउँदमा खानको लागि सुकाएर राख्ने गर्दछन् ।
काली गण्डकीमा तीन मुखे झोलुङ्गे पुल निर्माण
काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
चिच्याएर वर माग्ने मेलाको तयारी
पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।