कृषकलाई धान थन्क्याउने चटारो
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जलजलेमा परम्परागत शैलीमा धान झाट्दै स्थानीय कृषक । यतिबेला कृषकलाई स्याहार्ने चटारो छ
जुम्लाबाट नेपालगन्ज आउँदै गरेको गाडी दुर्घटना, पाँच जना घाइते
बाँकेको भएको गाडी दुर्घटनामा शुक्रबार पाँच जना घाइते भएका छन्। रत्न राजमार्गको देउराली नजिकै फोर्स गाडी दुर्घटना भएको हो।
कला संस्कृतिसँग नजिक भए जीवन पूर्ण : नगरप्रमुख विष्ट
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले कला, साहित्य र संस्कृतिसँग नजिक भए मात्र मानिसको जीवन पूर्ण हुने बताउनुभएको छ ।
रुपन्देहीबाट ११२ बोरा चिनी बरामद
रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।
एमाले रेसुङगाको अध्यक्षमा पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।
बिरामीको उपचारमा सक्रिय सुशील कोइराला क्यान्सर अस्पताल
२०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ ।
क्याम्पस प्रमुख पद त्यागेर जैविक मल उत्पादनमा
चार दशक लामो शिक्षण यात्राको अन्त्यपछि जैविक मल उत्पादनतिर लाग्नुभएका कपिलवस्तु बुद्धभूमि नगरपालिका –९ बकुलीपुरका शेषराम चौधरी अहिले कृषकहरूका लागि उदाहरण बन्नु भएको छ ।
लोप हुँदै मटाङकाली बत्ती
जिल्लाका नेवार समुदायले प्रयोग गर्दै आएको मटाङकाली बत्ती लोप हुने अवस्थामा पुगेको छ । दसैंलाई विदाइ गरी तिहारलाई स्वागत गर्न घर–घरमा बालिने मटाङकाली अहिले कतै कतै मात्र देखिने गरेको छ ।
दुई दर्जन गौरवका आयोजना अलपत्र
लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका प्रदेश गौरवका आयोजना अलपत्र परेका छन् ।
विद्यार्थीलाई ‘क्लोज क्याम्प’
गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराहीनिवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनका बारेमा धेरै कुरा थाहा थिएन ।
सडकको बिरुवा काट्ने भुषाल पक्राउ
कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।
दाङमा खाद्यले किसानसँग धान खरिद गर्दै
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान गरिद गर्न सुरु गरेको छ । खाद्यले बुधवारदेखि देउखुरीको गढवा गाउँपालिकाबाट यो बर्ष धान खरिद गर्न सुरु गरेको हो ।
सूर्यलाई अर्घ दिएर कपिलवस्तुमा छठ मनाइयो
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन्।
भैरवनाथप्रति दर्शनार्थीको बढ्दो विश्वास
भैरवनाथ देवताले दर्शनार्थीको इच्छा पूरा गर्ने गरेको भन्दै भक्तजनहरुले औधी विश्वास गर्ने गरेका छन् । भाकल पूरा हुने भएर बलि दिन आउने भक्तजनको त्यहाँ भिड लाग्नेगरेको छ ।
अतिरिक्त शुल्क लिने कानुन व्यवसायीलाई अनुशासनको दायरामा ल्याउँछौं : महान्याधिवक्ता वडाल
सरकारका महान्याधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषदका अध्यक्ष वरिष्ठ अधिवक्ता रमेश वडालले कानुन व्यवसायीलाई आफूहरुले सेवाग्राहीसँग लिएको सेवा शुल्कको कर बुझाउन आग्रह गर्नुभएको छ।
दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा
रुपन्देही व्यापार संघ बुटवलको रजत महोत्सवको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रम र रुपन्देही तिलोत्तमा नगरपालिकाको पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका दुईसय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
चरम निराशालाई कम गर्न ठुला दुई दल एक ठाउँमा : उपमहासचिव ज्ञवाली
नेपाल कम्यनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनतामा छाएको चरम निराशालाई कम गर्नका लागि देशका ठुला दुई दल एक ठाउँमा भएको बताउनुभएको छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी
रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आउनुभएको हो।
असहाय बालकलाई कम्बल सहयोग
सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ ।
दाङमा हतियारसहित एक जना पक्राउ
दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–३ वनगाँउ हरियाली टोल निवासी ४० वर्षीय गणेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।
जलाशयमा चल्न थाल्यो डुङ्गा
सिँचाइ, मत्स्यपालनका लागि निर्माण गरिएका कृत्रिम जलाशयहरूमा डुङ्गा चलाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका डुङ्गा खरिद गरी पालिकाले जलाशय रहेका वडाहरूलाई डुङ्गा हस्तान्तरण गरेको थियो ।
सिँगारिए पोखरी र नदी किनार
लोकआस्थाको महापर्व छठको दोस्रो दिन रुपन्देहीका जलाशय र नदी किनार बेहुली झैँ सिँगारिएको छ ।
आठ वर्षपछि सडक निर्माण सुरु
निर्माण व्यवसायीको लापर्बाहीका कारण विगत आठ वर्षदेखि अलपत्र परेको बुटवलको मुख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।