दुर्घटनामा परी एक जनाको मृत्यु
नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आठौँ मण्डली कप सुरु
आठौँ मण्डली कप सुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१, सिलुवास्थित भलिबल मैदानमा कप सुरु भएको हो ।
एक हजार ९४ वटा तरकारी तथा फलफूलकाे नमुना परीक्षण
नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ।
बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
तिहारका लागि बालिएका झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको बुधबार बिहान बत्ती निकाल्ने मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
प्युठानमा सराएँ मेलाको रौनक जारी
तिहार सकिएसँगै जिल्लामा अहिले सराएँ मेलाको रौनक छ । तिहारको भोलिपल्टदेखि सुरु हुने सराएँ मेला करिब १५ दिनसम्म विभिन्न ठाउँमा लाग्ने गर्दछ ।
कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित
बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् ।
बाँकेका दुई पालिकामा तरकारी प्रवर्द्धन कार्यक्रम
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको दुईवटा पालिकामा व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले जानकारी दिनुभयो ।
थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै
पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ ।
प्रदेश सरकारको योजना पर्यटकीय स्थल प्रवर्धन
लुम्बिनी प्रदेश सरकारले प्रदेशका ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्ने भएको छ ।
मादलबाट राम्रो आम्दानी
चाडपर्वको समयमा घोराही उपमहानगरपालिका–१४, झिगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । अन्य समयमा मादलको कारोबार खासै नहुने भए पनि दसैँतिहारमा भने बिक्री राम्रो हुने गरेको बताउनुभयो ।
अतिरिक्त हुलाक कार्यालय खारेज
गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहत
मल अभाव नहुने दाबी
दाङमा हिउँदे खेतीका लागि मलको अभाव नहुने भएको छ । हिउँदे खेतीका रूपमा किसानले छर्ने तोरी, मुसुरो,
सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने
शको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।
ट्याक्सी दुर्घटना पाँच जना घाइते
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वाड नम्बर ८ खालमा ट्याक्सी दुर्घटना भएको हो ।
राष्ट्रिय खेलाडी पूजालाई कोहलपुरमा सम्मान
एक साता अघि काठमाडौँमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पूजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ ।
मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ। मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।
घाइतेको उपचारमा कुनै कमी हुन हुँदैन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ।
आयुर्वेद चिकित्सालयमा बर्सेनि बिरामीको सङ्ख्या वृद्धि
रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिनुभयो । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उहाँले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताउनुभयो ।
दूध बिक्री गरेर फर्किदै किसान
पालगन्ज बजारबाट दूध बिक्री गरेर घर फर्कदै गरेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ का किसान । हरेक दिन बिहान दूध बिक्री गर्नका लागि साइकलबाटै लामो दूरी पार गरेर गाउँगाउँका किसान नेपालगन्जमा आउने गर्दछन् ।
भेरी अस्पतालमा दुई लाखभन्दा बढीको एचआईभी परीक्षण
सन् २००४ मा भेरी अस्पतालमा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म एक हजार नौ सय जनाको रोग पहिचान गरेको छ भने दुई लाख भन्दा बढीको एचआइभी परीक्षण गरेको छ।
बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा किसान समस्यामा
सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो ।
बुटवल–गोरुसिङ्गे सडक : रुख काट्ने अनुमति
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ ।
काम विहीन बन्यो प्रहरीको विधि विज्ञान एकाइ
अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जमा जनशक्तिको अभाव देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ ।
बढ्यो ढाकाका सामग्रीको व्यापार
तिहार पर्वमा ढाकाका कपडाबाट बनेका सामग्रीको व्यापार बढेपछि व्यवसायी उत्साहित बनेका छन् । अन्य समयभन्दा तिहारका बेला ढाकाको कपडाबाट बनेका सामग्रीको व्यापार उच्च रहेको व्यवसायी बताउँछन् ।