• ७ मंसिर २०८१, शुक्रबार

बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

blog

गोकर्ण पौडेल
तुलसीपुर, कात्तिक २१ गते । तिहारका लागि बालिएका झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको बुधबार बिहान बत्ती निकाल्ने मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

बिहान ११  बजे किशोरलाई तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउनासाथ बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।