• ७ मंसिर २०८१, शुक्रबार

अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई

blog

उपाधि जितेपछि विजेता ग्लोबल आइएमईको टिम रातो जर्सीमा । तस्बिर: कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थगर,कार्तिक २५ गते । बुटवलमा सम्पन्न  प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ । फाइनल खेलमा ग्लोबलले एनएमबि बैङ्कलाई ६–० को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । २९ टिमबिच भएको तीन दिने प्रतियोगितामा आज क्वाटर, सेमी र फाइनल खेल भएको थियो।

उपाधि विजेता ग्लोबल आइएमईले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउँदा उपविजेता बनेको एनएमबिले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो। उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यस्तै, प्रतियोगितामा ग्लोबल आइएमई बैङ्कका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैङ्ककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल हुनुभयो । 

यस्तै, सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैङ्कका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैङ्कका दुर्गा ओली बन्न सफल हुनुभयो । सो खेलको २१ गते लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आइएमई बैङ्क तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।