• ७ मंसिर २०८१, शुक्रबार

काली गण्डकीमा तीन मुखे झोलुङ्गे पुल निर्माण

blog

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक २४ गते । काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको हो ।

तीन जिल्लालाई जोड्ने गरी निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा पर्यटकहरूको निकै नै चहलपहल बढ्ने गर्दछ । तीन मुखे झोलुङ्गे पुलले गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गेली र स्याङ्जाको काली गण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङलाई जोडेको छ ।

पुल अवलोकन गर्न र यसमा सवार गर्नका लागि धेरै ठाउँबाट मानिसहरू आउने गरेका छन् । नेपालकै चार धाममध्येको एक धाम भनेर चिनिने रुरु क्षेत्रमा तीन मुखे पुलले यो ठाउँ अहिले निकै रमणीय बनेको छ । यहाँ धार्मिक पर्यटक मात्र नभएर अन्य पर्यटकहरूमा पनि आकर्षण बढिरहेको छ ।