प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सवालजवाफ गर्नुहुने छ ।
गोरखा दुर्घटना प्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको शहीद लखन गाउँपालिका -३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुःखद् निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
समाजवादी मोर्चालाई प्रभावकारी बनाइने
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबिच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ । विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)
अर्थ मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयनको पूर्व तयारी
बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको छ ।
दुई वर्षमा शतप्रतिशत विद्युत विस्तार गर्छौँ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्रमा शतप्रतिशत विद्युत बिस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो
नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो ।
हरेक पहाडका टाकुरालाई पर्यटनस्थल बनाऔँ : वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटनस्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ।
उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ ।