• २२ वैशाख २०८२, सोमबार

मन्‍त्रिपरिषद्‍ बैठकका २१ निर्णय (सूचीसहित)

blog

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : सञ्चार मन्त्रालय

काठमाडौं, चैत २३ गते । सरकारले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

त्यस्तै, सरकारले २०८० वैशाख १३ गतेदेखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपिकृष्ण खनाल सहभागी हुने निर्णय स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग)लाई स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्री शर्माले व्यापार घाटा न्यूनिकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने र प्रशोधित फोहोर पानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने लगायतका विभिन्न १४ निर्णय गरिएको बताउनुभयो । यसैगरी चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको हो ।