• २७ वैशाख २०८२, शनिबार

बिन्दबासिनी कंसाकारलाई सांसद सिफारिस

ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता र सांसद पद खारेज

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ।

काठमाडौं, चैत २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गरेको छ। श्रेष्ठ समानुपातिक प्रणालीबाट सांसद निर्वाचित निर्वाचित हुनुभएको थियो । 

बुधबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो। 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सभापति लामिछानेले श्रेष्ठलाई कारबाही गर्दै उहाँको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। 

सभापति लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेर सांसद पदमा कंशाकारको नाम सिफारिस गरिएको बताउनुभएको हो। 

यसअघि बुधबार नै नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना अगाडिको अडियो सार्वजनिक गरेर पार्टीमाथि प्रहार भएको बताउनुभएको थियो। सांसद् श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उहाँमाथि अनुसन्धान थालेको थियो।  

यो पनि पढ्नुहोस