• १३ साउन २०८१, आइतबार

‘अदालतले सफाइ दिएपछि भेटौँला’

पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : सांसद् श्रेष्ठ

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठ

काठमाडौं, चैत २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ। 

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा उहाँले जनवरी-फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभयो। उहाँले आफू यसविरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘उपननिर्वाचन र र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ। त्यसप्रति म क्षमापार्थी छु। यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ। म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो। न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट (सपाइ पत्र) लिएर म तपाईहरुसँग आउनेछु। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु। यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा। जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ।’’

उहाँले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबीसमेत गर्नुभएको छ।