उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान
यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ।
सरकारले सहमति अनुरूपको पूरै समय काम गर्न पाउँछ : सहमहामन्त्री परियार
नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री साउद
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ ।
प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमासम्बन्धी प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तर्क्रिया गरेको छ ।
पराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गर्नुभएको छ।
हिन्दु विश्वविद्यालयको अवधारणा संस्कृति मन्त्रीलाई बुझाइयो
हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सम्भाव्यता अध्ययनसहितको अवधारणा बुझाएको छ।
राष्ट्रपतिसमक्ष परराष्ट्रमन्त्री साउदद्वारा शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रमलाई संसद् बैठकमा उपस्थित हुन पन्तको आग्रह
नेकपा (एमाले) का नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा बैठकबाट हराउनुभएको टिप्पणी गर्नुभएको छ ।
चिकित्साशास्त्रको स्नातकोत्तर तहको भर्ना सच्याउन सांसद् कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको छ।
राष्ट्रिय परिचयपत्र रुजु गर्ने काम निजीलाई दिनु गलत : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको काम गलत भएको बताउनुभएको छ ।
सेती नदीको जोखिम क्षेत्रमा तारबारको व्यवस्था गर्न माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तरबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभएको छ।
चितवनको परिणाम दोहोरिए पुनः उप निर्वाचन हुन्छ : एमाले सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनको उपनिर्वाचनमा विगतको परिणाम दोहोरिएमा फेरि उपनिर्वाचन हुने बताउनुभएको छ ।
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।
परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथग्रहण आजै ३ बजे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ ।
‘सङ्घीयताको विरोध गर्नु औचित्यहीन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपाल रुपन्देहीको २४औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले पर्याप्त परीक्षणबिना र कुनै आधारबिना सङ्घीयताको विरोध गर्नु उचित नभएको तर्क गर्नुभयो।
रास्वपा सांसद कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ।
परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
बीपीको बाटोमा देश हिंडाएका छौँ : नेता रिजाल
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रियताको विषयमा मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
विदेशीले देश लुटे पनि सत्तामा बस्नेहरू बोलेनौँ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप लगाउनुभएको छ । विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
‘परिवर्तन उल्ट्याउने प्रपञ्च भइरहेको छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताउनुभएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”