• ८ मंसिर २०८१, शनिबार

हिन्दु विश्वविद्यालयको अवधारणा संस्कृति मन्त्रीलाई बुझाइयो

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हिन्दु विश्वविद्यालय स्थापना सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउनुहुँदै कार्यदल संयोजक डा. जगमान गुरुङ । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख ३ गते। हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई सम्भाव्यता अध्ययनसहितको अवधारणा बुझाएको छ। 

आइतबार सम्भाव्यता अध्ययन कार्यदलका संयोजक डा. जगमान गुरुङले अवधारणपत्र बुझाउनुभएको हो। पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि गुरुङको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको थियो। 

समिति सदस्यमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा हुनुहुन्छ।