मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मङ्गलबार साँझ बैठक सुरु भएको हो ।
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।
नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन
नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गर्नुभएको छ । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उदघाटन गर्नुभएको हो ।
उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग गर्नु मितव्ययीता प्रतिकूल हुने
निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।
सुरक्षा निकायलाई राजनीतिक दबाब र चलखेलबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता जनाउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ ।
सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री चौधरी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ ।
विदेशमा जेल परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण
विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्धारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।
सडक निर्माणलाई गति दिन माग
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ ।
प्रतिनिधि सभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
प्रतिनिधि सभा बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो ।
खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश
खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साबिककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
प्रदूषण नियन्त्रण र रोकथामबारे जानकारी गराउन सांसद डाँगीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक र सुस्तालाई महत्त्वपूर्ण एजेण्डा बनाइयोस् : सांसद चौधरी
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गर्नुभएको छ ।
बैङ्कमा जम्मा भएको ५५ खर्ब रकमलाई उद्योगमा परिचालन गरौँ : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैङ्कमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ।
हरुवाचरुवाको माग सम्बोधन गर्न अध्यक्ष लिङ्देनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगर प्रमुख साहको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा सर्वोच्च अदालतले मङ्गलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।
सुकुम्वासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश
उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
काठमाडौं महानगर प्रमुख साहविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आज (मङ्गलबार) को प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
जनभावना बुझेका पार्टीलाई मत दिन आग्रह
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताउनुभएको छ। चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्नुभयो । कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उहाँले चितवनका जनताले सबै बुझेको बताउनुभयो। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो।
संवैधानिक परिषद् बैठक आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९ बजे बस्ने गरी परिषद्को बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच सोमबार भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।
तनहुँ –१ मा गठबन्धनको चुनावी सभाको तयारी
पाँच दलीय गठबन्धनले तनहुँ –१ को उपनिर्वाचनका लागि चुनावी सभा गर्ने तयारी गरेका छन् । बन्दीपुर गाउँपालिका –४ डुम्रेबजारमा वैशाख ६ गते सभा गर्ने तयारी गरिएको हो । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहनुभएको सो क्षेत्रमा सभा गर्न लागिएको कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।