कम्युनिष्ट एकताबद्ध नभएसम्म समाजवाद आउँदैन : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा भएका कम्युनिष्टहरु एकताबद्ध नभएसम्म देश समाजवादको लक्ष्यतर्फ अघि बढ्न नसक्ने बताउनुभएको छ ।
राजनीतिक सिद्धान्त र आदर्शमा विचलन देखियो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुनु जरुरी देखिएको बताउनुभएको छ।
देश बदल्न राजनीतिक ध्रुवीकरण आवश्यक : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको छ । न्यूज एजेन्सी नेपालसँगको शनिबार भएको संवादमा उहाँले सो कुरा बताउनुभएको हो ।
कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाका बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताउनुभएको छ।
मौका पाएसम्म निजी क्षेत्रले कर छल्ने प्रयास गर्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपनिर्वाचनका लागि तनहुँमा दुई हजार सुरक्षाकर्मी परिचालन
आइतबार हुने तनहुँ –१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ ।
कम्युनिष्टहरु एकताबद्ध भए देश समाजवादमा जानसक्छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्टहरु एकताबद्ध भए मात्र देश समाजवादमा जान सकिने बताउनुभएको छ ।
ईद पर्व (इदुल फित्र) को अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी बिछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
कार्यवाहक राष्ट्रपतिद्वारा इदको शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद [इदउल फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
उपनिर्वाचनमा सूक्ष्म अनुगमन विशेष व्यवस्था
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अवधिको गतिविधि निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न विशेष व्यवस्था गरेको जनाएको छ। प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन २०८० का लागि जारी निर्वाचन आचारसंहिता २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन यही वैशाख १० गते आइतबारभन्दा ४८ घण्टा अघि (२०८० वैशाख ७ गते बिहीबार राति १२ बजे)देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको आयोगले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवस : टुटफुटको शृङ्खला जारी
नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्। कम्युनिस्ट पार्टीका लागि हालसम्मको यात्रा भने खासै सुखद रहेन। २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शङ्खला अझै पनि रोकिएको छैन। टुटफुटले कम्युनिस्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको कम्युनिस्ट आन्दोलनमा लागेका ज्येष्ठ कम्युनिस्ट नेताहरूको दाबी छ। पाका कम्युनिस्ट नेताहरू नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या यकिन नरहेको दाबी गर्ने गरेका छन्।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छः चिकित्सक
उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउनुभएको छ।
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताउनुभएको छ।
मुक्त कमैया, सुकुम्वासीका समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीका समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र टीकापुर आउनुभएकी मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
स्रोतको सुनिश्चितता गरेर योजना छनोट गरौं : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ।
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ ।
सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
बागमती प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै हेटौँडामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको गोष्ठीमा प्रदेशभित्रको सुरक्षा चुनौती र समस्यालगायत विषयमा छलफल भएको छ।
अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि रुसमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।