चेम्बरद्वारा अख्तियार सम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण
नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसद्को ध्यानाकर्षण गराएको छ।
रवि लामिछानेद्वारा स्पष्टीकरणको जवाफ पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । निर्वाचन कार्यालयलाई उहाँले दिनुभएको स्पष्टीकरणको जवाफमा उहाँले सो दाबी गर्नुभएको हो ।
प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल
सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो ।
चितवनमा मतगणना सुरु
चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।
बारा–२ मा मतगणना सुरु
बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
सभापति देउवा भन्नुहुन्छ : उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन
नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।
चितवनको मतगणना १ बजेबाट सुरु हुने
चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
रास्वपाका उम्मेदवार वाग्लेकाे मतान्तर बढ्दै
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेकाे मतान्तर बढ्दै गएको छ ।
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।
रास्वपा अध्यक्ष लामिछानेलाई स्पष्टीकरण सोधियो
आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
अख्तियारको अधिकार सङ्कुचन गर्न लबिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ।
तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडि
तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ ।
आज १७औँ लोकतन्त्र दिवस मनाइँदै
१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो ।
सर्वदलीय बैठक नबस्दा चितवनको मत गणना अझै अन्योल
नेपाली कांग्रेसको अडानका कारण आइतबार राति बस्ने सर्वदलीय बैठक बस्न नसकेपछि मत गणना अझै अन्योलमै छ ।
उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा
चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।
राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।
वडाध्यक्ष अधिकारीको निधन
कीर्तिपुर नगरपालिका –४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
अनधिकृत प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र
अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।
उपनिर्वाचन : बारा–२ मा ६० प्रतिशत मत खस्यो
बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान भएको छ। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र ५ बजेसम्म ६० प्रतिशत मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो।
तनहुँमा शान्तिपूर्ण मतदान सम्पन्न : ५२ प्रतिशत बढी मतदान
तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो।
‘प्रमुख प्रशासकले नमस्कारसमेत गर्नुभएन’
स्थानीय तहका दलित जनप्रतिनिधिले आफूमाथि विभेद हुने गरेको बताउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबाटै आफूमाथि विभेद हुने गरेको उहाँहरूको गुनासो छ ।
रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता
नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।
राजनीतिक परिवर्तन भयो, मुलुक परिवर्तन हुन सकेन : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो राजनीतिक परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै रहेको बताउनुभएको छ।