• १३ साउन २०८१, आइतबार

उपप्रधान तथा रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी

blog

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का । फाइल तस्बिर

काठमाडौं, वैशाख ५ गते। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभारसमेत दिइएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कानुन मन्त्रालयको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री खड्कालाई तोक्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मंगलबारदेखि उपप्रधान तथा रक्षामन्त्री खड्काले कानुन मन्त्रालयकोसमेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको हो।