• २७ वैशाख २०८२, शनिबार

पौडी खेल्न गएका किशोर कर्णालीमा बेपत्ता

blog

फाइल तस्बिर

प्रेमराज सिम्खडा 

कालीकोट, वैशाख २६ गते । कर्णाली नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय बालक बेपत्ता भएका हुन् । 

बेपता हुनेमा नरहरिनाथ गाउँपालिका १ कोटबाडाका बिराज बिष्ट (विश्व) रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रमुख डिएसपि टेकबहादुर रावतले कर्णाली नदीमा पौडी खेल्ने क्रममा किशोर बेपत्ता भएको बताउनुभयो । बालक शुक्रबार नदीमा नुहाउन गएका थिए। बेपत्ता बालकको खोजीका लागि स्थानीयवासी, नेपाल प्रहरी खटेको रावतले बताउनभयो। हालसम्म बालकको अवस्था पत्ता लाग्न सकेको छैन।