भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गरियोस् : सांसद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गर्नुभएको छ ।
भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।
डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गर्नु भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ।
रायमाझी बिरामी भएको पत्र सङ्घीय संसद् सचिवालयमा
भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउनुभएको छ।
हामी राम्रो गर्छौँ, राम्रोबाहेक अरू गर्दैनौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ। दिवङ्गत वामपन्थी नेता निर्मल लामाको २३ औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिन्छ : पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिने बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ ।
सचिव रायमाझीलाई एमालेले गर्यो निलम्बन
नेकपा (एमाले)ले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी महासचिव शंकर पोखरेलले रायमाझी निलम्बनमा पर्नुभएको जानकारी दिनुभएको हो ।
संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔँ : सांसद गुरुङ
नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताउनुभएको छ ।
नक्कली शरणार्थीको अनुसन्धान रोकिनु हुँदैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।
नक्कली शरणार्थी प्रकरण : सरकारलाई सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चलचित्र क्षेत्रलाई राज्यले सघाउनु पर्छ : नेता भीम रावल
नेकपा (एमाले) का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रूपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताउनुभयो ।
नागरिकता विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त : सांसद विनोद चौधरी
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेको छ । बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।
बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रशारण)
जसपा बैठक बस्दै : विधान अधिवेशनबारे छलफल हुने
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधवार बिहान ११ बजेदेखि बस्दै छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
रायमाझी अनुसन्धानलाई सघाउने एमालेको निर्णय
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने प्रकरणमा मुछिनुभएका पार्टी सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बसेको थियो ।
राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी
राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ ।