• १३ साउन २०८१, आइतबार

सचिव रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

blog

कठमाडौं, वैशाख २७ गते । नेकपा (एमाले) ले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टी महासचिव शंकर पोखरेलले रायमाझी निलम्बनमा पर्नुभएको जानकारी दिनुभएको हो । 

महासचिव पोखरेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’’