• २१ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध

blog

प्रतिनिधि सभा बैठक अवरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २७ गते । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेको छ । बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेट पूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराउनुभएको थियो ।

उहाँले आफ्नो कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको विरोधका बाबजुद शून्य समयका लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराउनु भयो ।

लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो । यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।