• २१ वैशाख २०८१, शुक्रबार

सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिन्छ : पूर्वअर्थमन्त्री शर्मा

blog

प्रतिनिधि सभामा विनियोजित विधेयक २०८०को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्नुहुँदै पूर्वअर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २७ गते । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेट घटाए अर्थतन्त्र थप सङ्कुचनतर्फ धकेलिने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८०को बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा बोल्नुहुँदै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

पूर्व अर्थमन्त्री शर्माले वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र सङ्कुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतीलाई गम्भीर भएर सरकारले सोच्नुपर्ने औँल्याउनुभयो । उहाँले मुलुकलाई आर्थिक सङ्कुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनः परिचालित बनाउन बजेट प्रभावकारी भएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रलाई सङ्कुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन नसक्ने बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढाउनको लागि बजेट बढाउँदा स्रोतको चुनौतीलाई ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो ।

‘‘समग्र आर्थिक सङ्कुचन आएको वर्तमान अवस्थामा बजेट निर्माण अत्यन्त महत्त्वपूर्ण पक्ष हो । अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारको लक्ष्य पूरा गर्ने प्रभावकारी अस्त्र हो । आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी उपयुक्त हुन्छ । निश्चित क्षेत्रभित्र रहेर विस्तारकारी बनाइन्छ भने अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्छ ।,’’ पूर्व अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘वर्तमान अवस्थामा देखिएका अर्थतन्त्र सङ्कुचन तथा निकट भविष्यमा आउने वित्तीय क्षेत्रको चुनौतीलाई गम्भीर भएर सोचौँ । मुलुकलाई आर्थिक सङ्कुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनः परिचालित बनाउन बजेट नै प्रभावकारी भएकाले अर्थतन्त्रको सङ्कुचनलाई देखाएर बजेट घटाउन थालियो भने अर्थतन्त्र झन् सङ्कुचनतर्फ जान्छ ।’’

शर्माले समग्र आर्थिक सङ्कुचन आएको वर्तमान अवस्थामा बजेट निर्माण अत्यन्त महत्त्वपूर्ण पक्ष भएको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारको लक्ष्य पूरा गर्ने प्रभावकारी अस्त्र भएको भनाइ राख्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी उपयुक्त हुने बताउनुभयो । उहाँले निश्चित क्षेत्रभित्र रहेर विस्तारकारी बनाए अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री शर्माले सङ्कुचनको चुनौती रहेको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारी खर्चको स्रोत व्यवस्थापनको चुनौती भएकाले निजी क्षेत्रको प्रवर्द्धनले राहत पुग्ने दाबी गर्नुभयो ।

‘‘अर्थतन्त्रलाई सङ्कुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउन बाहेक अन्य कुनैपनि रणनीति हुन सक्दैन । आर्थिक गतिविधि बढाउनका लागि बजेट बढाउँदा स्रोत साधनको चुनौतीलाई ध्यानमा राखी ध्यान दिन आवश्यक छ । त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।,’’ पूर्व अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘सरकारी खर्चको स्रोत व्यवस्थापनको चुनौती भएकाले निजी क्षेत्रको प्रवर्द्धनले राहत पुग्छ । निजी क्षेत्र चलायमान भएपछि मात्रै सरकारले आम्दानी गर्ने हो । बजेट बनाउनु पूर्व सबै मन्त्रालय र संस्थाहरूको १० प्रतिशत चालु खर्च कटौती गर्ने योजना र योजनाहरूको पुनः प्राथमीकरण गर्ने, सेवासुविधा र प्रयोगको पुन परिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्छ ।’’

उहाँले निजी क्षेत्र चलायमान भएपछि मात्रै सरकारले आम्दानी बढ्ने बताउनुभयो । उहाँले बजेट बनाउनु पूर्व सबै मन्त्रालय र संस्थाहरूको १० प्रतिशत चालु खर्च कटौती गर्ने योजना र योजनाहरूको पुनः प्राथमिकरण गर्ने, सेवासुविधा र प्रयोगको पुनः परिभाषित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।