• २१ वैशाख २०८१, शुक्रबार

रायमाझी बिरामी भएको पत्र सङ्घीय संसद् सचिवालयमा

blog

टोपबहादुर रायमाझी । फाइल तस्बिर

काठमाडौं, वैशाख २७ गते। भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउनुभएको छ। 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराउनुभएको हो। 

उहाँका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन सङ्घीय संसद् सचिवालयमा पठाउनुभएको हो।

रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उहाँ फरार हुनुहुन्छ। नेकपा (एमाले) सचिवसमेत रहनुभएका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ।