राष्ट्रिय सभा : अर्थमन्त्री महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै
बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रिय सभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै छ ।
जिल्ला निर्वाचन कार्यालय नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त
६५ वर्षदेखि नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत हुनुभएको छ ।
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाइयो
उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।
नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।
बाबुरामको राजनीतिक प्रतिवेदन : ‘साम्यवाद’ राजनीतिक अभीष्ट, राप्रपा रुढीवादी
नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।
युवाको सहभागितामा विकास सम्भव छ : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग
राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
एमालेमाथि आक्रमण भइराखेको छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
गौर हत्याकाण्डसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम सभामा टेबुल
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुभएको हो ।
‘ठुला दलको वैचारिक अस्पष्टताका कारण नयाँ दल आउन खोज्दैछन्’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।
समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ
नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको शून्य समय : भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग
प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
असार १ देखि सडक खन्न रोक
सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउनुहुँदै
बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेको केबलकार सञ्चालकले जानकारी दिएका छन् ।