बजेट नसच्चिए सरकार सङ्कटमा पर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले बजेटमा करेक्सन नगरे सत्ता गठबन्धन सरकार सङ्कटमा पर्ने बताउनुभएको छ ।
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आज अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ।
बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ।
‘राजनीतिमा उमेर हद तोक्ने विषय प्राकृतिक हुनुपर्छ’
नेकपा (एमाले) ले पछिल्लो समय विधानमा रहेको केन्द्रीय कमिटी सदस्यको ७० वर्षको उमेर हदको व्यवस्था हटाएको छ । यससँगै राजनीतिमा उमेर हदको व्यवस्था, यसको आवश्यकता तथा कार्यान्वयनको विषय पुनः चर्चामा आएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयन जरुरी छ : सांसद थापा
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सांसदका सुझाव सम्बोधन गर्ने विधिबारे जानकारी गराउन सरकारसँग माग
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
राजनीतिलाई सफा नगरी देश परिवर्तन हुँदैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
राप्रपा सदस्यद्वारा प्रदेश सभा बैठक बहिस्कार
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको छ ।
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : सांसद पौडेल
पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकार गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्ययता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी
नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी
समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रतिनिधि सभा बैठक : अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुने
ङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
‘एक्सन’ योजना बनाउँदै यातायात मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ‘सहकार्य, समन्वय र ‘एक्सन’ योजना सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रका विभिन्न समस्यामध्ये तत्काल नौ वटाको पहिचान गरी तिनको समाधानका लागि मन्त्रालयले ‘सहकार्य समन्वय र ‘एक्सन’ योजना सुरु गरिएको जानकारी दिनुभयो। सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र ट्राफिक प्रहरीको सहकार्य तथा समन्वयमा यातायात क्षेत्रका समस्या तत्काल समाधान गर्न सो योजना सुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना चीन जानुहुँदै
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ।
देश र जनताको पक्षमा सरकारले काम गर्न सकेन : नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ । एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ब्युँताउन माधव नेपालको आह्वान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ।
पार्टीको विचार र सिद्धान्तमा प्रतिबद्ध बनौं : नेता श्रेष्ठ
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस प्रशिक्षण शाखा गुल्मीले शनिबार आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका उहाँले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताउनुभयो ।