नागरिकता विधेयक कार्यान्वयन हुनुपर्छ : नेता निधी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकको सफल कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा छैन पानी
राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर यो वास्तविकता हो।
सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्यायमा परेका सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
एमालेमा जान तयार छु : वामदेव गौतम
राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताउनुभएको छ।
प्रतिनिधि सभाको आकार ठुलो भयो, तत्काल घटाऔँ
सांसद खिमलाल देवकोटाले प्रतिनिधि सभाको आकार ठुलो भएकाले त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उहाँले प्रतिनिधि सभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
भूमिहीन परिवारलाई लालपुर्जा वितरण
इलामको चुलाचुली गाउँपालिकामा रहेका अव्यवस्थित बसोबास गर्ने २४ परिवार भूमिहीनहरूले बुधबार जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री खड्का युरोप भ्रमणमा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का युरोप भ्रमणमा हुनुहुन्छ।
कर नीतिको विरोध गर्छौँ : सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताउनुभएको छ।
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
राष्ट्रिय सभा बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरूले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरूले भने आलोचना गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ : सांसद महासेठ
नेकपा (एमाले) सांसद रघुवीर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ।
बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ : सांसद बडू
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताउनुभएको छ ।
नेकपा एमालेमा ७० वर्ष उमेरहद हटाइयो
नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार
नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आज (बुधबार) देखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुने : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ ।
नेपाली भूमिको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमि सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय सभालाई भारत भ्रमणका उपलब्धिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा बैठकलाई आफ्नो भारतको औपचारिक भ्रमणबारे जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन (प्रत्यक्ष प्रसारण)
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने छ ।
मन्त्रिपरिषद् बैठक सम्पन्न : यी हुन् निर्णयहरू
बिहान सुरु भएको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मङ्गलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मङ्गलवार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।