अष्ट्रियाका पूर्व राष्ट्रपति फिसरसँग पूर्व परराष्ट्रमन्त्री खड्काको भेट
यूरोप भ्रमणमा रहनुभएका पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अष्ट्रियाका पूर्व राष्ट्रपति हाइन्ज फिसरसँग भेटवार्ता गर्नुभएको छ।
देशको हितमा सरकारले काम गर्नुपर्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उहाँको भनाइ छ ।
सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ।
युवा नेतृत्व आजको आवश्यकता हो : नेता पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले युवा नेतृत्व आजको राजनीतिमा आवश्यक भएको बताउनुभएको छ।
प्रधानमन्त्रीद्वारा पञ्चकन्या गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।
पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न सभापति देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिनु भएको छ ।
समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु
समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज (शनिबार) निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।
निर्वाचन कार्यालय खारेज नगरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याउनुभएको छ। उहाँले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएकाले अब आयोगको परामर्शबमोजिम गरिने प्रस्ट गर्नुभयो।
हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताउनुभएको छ। उहाँले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो।
नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन ।
राप्रपा महामन्त्री राणाद्वारा प्रस्तुत कार्ययोजना पारित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समिति बैठकले महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ।
नागरिक खबरदारी जरुरी छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आरोपित अदालतबाट उम्किन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।
कृषि, उद्योग र पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारासहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममा छलफल सुरु
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रस्तावमा शुक्रबारदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
सरकारको स्पष्ट गन्तव्य देखिएन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्पष्ट गन्तव्य नदेखिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।
अराजक गतिविधिलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनुभएको छ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती बन्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगका जिल्ला कार्यालय हटाउने कुरामा सत्तारुढ दल नै विपक्षमा
निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् ।