• १२ साउन २०८१, शनिबार

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्नुहुँदै स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलर । तस्बिर : राष्ट्रपति भवन

काठमाडौं, जेठ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।

राष्ट्रपति भवनमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताउनुभएको उहाँका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गर्नुभएको थियो ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ । नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्त्व दिँदै आएको छ ।