धर्म परिवर्तनका लागि जबरजस्ती गर्न मिल्दैन : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ ।
थरुनीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीको माता मदेशिया थरुनीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । सो दलले आज विज्ञप्ति जारी गर्दै थरुनीको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो ।
राष्ट्रिय सभाको बैठक ३ बजे बस्ने
राष्ट्रिय सभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे बस्ने भएको छ ।
गृहमन्त्रीलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा आयोगको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ ।
एमाले नगर कमिटी सचिवसहितद्वारा सामूहिक राजीनामा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो
प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको बृहत्तर हितलाई केन्द्र विन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनुभएको छ ।
भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतसँग नराखेको बताउनुभएको छ ।
मृत्यु भइसकेको ऐन ब्युँताउन सकिन्न : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ ।
सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।
नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराउनुभएको छ ।
वातावरणको संरक्षण र संवर्द्धन गर्न जरुरी : मन्त्री महतो
वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘प्लास्टिकजन्य फोहोर प्रमुख चुनौती’
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्न सबैसँग आग्रह गर्नुभएको छ। प्लास्टिकजन्य फोहोर वर्तमान समयको प्रमुख वातावरणीय चुनौती बनेको बताउँदै उहाँले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नागरिकता पाउन केही समय कुर्नुपर्ने
सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आइतबार ऐनलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै लाखौँले नागरिकता पाउन केही समय कुर्नुपर्ने भएको छ ।
समृद्विका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण आवश्यक : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताउनुभएको छ।
पुरातात्विक क्षेत्रहरुको उत्खनन गर्न स्थानीय सरकार तयार
लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्नेगरी भएको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।
जातीय भेदभाव गर्नेलाई कारवाही गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति जारी गरी दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित्ताका लागि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।
पुँजीगत खर्च बढाइने, गाँजा सम्भाव्यता अध्ययन गरिने
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रदेश सभाका संसदीय समितिले थाले काम
सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुले काम थालेका छन् । प्रदेश सभामा रहेका चार वटा विषयगत समितिहरुले प्रारम्भिक काम थालेका हुन् । सबै समितिहरुको बैठक बस्ने कार्य भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । “समितिहरुले बैठक बसेर आफ्नो काम थालेका छन्” उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ।
आर्थिक ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित
सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । आइतबार प्रदेश सभामै दफावार छलफल गरेर सो विधेयकलाई पारित गरिएको हो ।