नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको प्रहार हो : उपाध्यक्ष नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको प्रहार भएको बताउनुभएको छ।
सभामुख घिमिरेद्वारा नयाँ संसद् भवनको निरीक्षण (फोटो फिचर)
सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो ।
आर्थिक ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल
सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको प्रस्तावमा सो विधेयकमाथि छलफल गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज (बिहीबार) तीन जनाको बयान लिन सुरु गरिएको छ ।
फुकोट कर्णाली निर्माणका लागि विद्युत उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
नेपाल सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास
नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गरिएको छ ।
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत निगमले नै तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।
दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति
इन्धन ढुवानीमा ठुलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउ बचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे ।
नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री माेदीबीच भेटवार्ता सुरु
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ । सो जानकारी प्रधानमन्त्रीकाे निजी सचिवालयले दिएको हो ।
प्रधानमन्त्रीद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गर्नुभएको छ ।
आज प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच भेटवार्ता हुँदै
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बिहीबार) भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
‘भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजित रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित रहने बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली आएको उल्लेख गर्दै उहाँले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणः बुधबार चार जनाको बयान लिइयो
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ ।
आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोही याङ्जी शेर्पालाई पौडेलले बधाई दिनुभएको छ।
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ।
मुक्त कमैया र हलियाको पुनःस्थापनामा केन्द्रित काम गर्छौं : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया र हलियालाई प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ।
सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत
विमास्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीको उपस्थिति थियो।
पुनरोत्थानवादीहरू सल्बलाए : खनाल
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरूप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृत्ति बोकेका झुण्ड सल्बलाउन थालेको बताउनुभएको छ।