• १४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गर्नुहुँदै भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखी । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट उहाँ बुधबार दिउँसो दिल्ली पुग्नुभएको हो। 

दिल्लीमा प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ। विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीको उपस्थिति थियो। 


प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो।