सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
मोर्चाको पहिलो बैठकले सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।
विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्री थापाको भनाइ
कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
बानेश्वरमा समाजवादी मोर्चाको बैठक सुरु
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक बसेको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा केही बेरअघि सुरु भएको बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।
कोशी प्रदेशमा चार वर्ष गठबन्धनको सरकार हुन्छ : मुख्यमन्त्री थापा
कोशी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत प्राप्त गर्ने र अबको चार वर्ष कोशी प्रदेशमा गठबन्धनको सरकार रहने दाबी गर्नुभएको छ।
रास्वपाको हविगत छिट्टै पुराना पार्टीको जस्तै हुन्छ : महासचिव भुसाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीको जस्तै हुने दाबी गर्नुभएको छ।
राम्रो काम गरे ८४ को चुनावमा कांग्रेस कुनै दलसँग डराउनु पर्दैन : प्रदीप पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राम्रो काम गरे २०८४ को चुनावमा कांग्रेसले कुनै पनि दलसँग डराउनुपर्ने अवस्था सिर्जना नहुने बताउनुभएको छ।
देशको आवश्यकता मेरो पुस्ताको प्रधानमन्त्री बन्नु हो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
सत्ता अहिले एमालेको प्राथमिकतामा छैन : महासचिव पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी सत्तालाई प्राथमिकता नदिएको बताउनुभएको छ ।
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएको छ ।
मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिबार) बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पुरानो वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिर (धाम) मा पुग्नु भएको छ । पूर्वी नेपालकै सबैभन्दा पुरानो मठमन्दिरहरू मध्येमा पर्ने यो मन्दिरमा पुगेर उहाँले पूजा गर्नुभएको छ ।
माथिल्लो कर्णाली जलविद्युत् परियोजना : जिएमआरले पायो अन्तिम मौका
माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जिएमआरले अन्तिम मौका पाएको छ । वित्तीय व्यवस्थापनका लागि २०७९ असार ३१ मा नेपाल सरकार मन्त्रीपरिषद्ले गरेको म्याद थपलाई अन्तिम म्याद मान्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त अवधिमा अदालतको अन्तरिम आदेशका कारण गुमेको समय समायोजन गर्न संवैधानिक इजलासले आदेशमा उल्लेख गरेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आचार्यको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ।
नेपाल प्रहरीको कार्ययोजना-२०८० तयार: साउन १ देखि लागू हुने
मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो।
१४ बुँदे आन्तरिक प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिको बैठक सम्पन्न
नेपाली कांग्रेसका जिल्ला सभापतिको दुई दिने बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालयको आयोजनामा असार बिहीबार सुरु भएको जिल्ला सभापतिको शुक्रबार १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको हो।
कांग्रेसको अगुवाइबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः राणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभएको छ।
भारतीय गुप्तचरलाई सार्वजनिक रुपमै भेटेको हुँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको बिदाइ भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाइ भेट गर्नुभएको छ ।
प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव पेश
कर्णाली प्रदेश सभामा विनियोजन विधेयक अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयकोे शीर्षकको खर्च रकम घटाई खर्च कटौतीको प्रस्ताव पेश गरिएको छ ।
संसद् अवरुद्ध हुनु राम्रो होइन, छलफल गरेर सहमति गर्नुहोस् : सभामुख घिमिरे
काठमाडौं, असार २२ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदलाई घनीभूत छलफल गरेर सहमति गर्न अनुरोध गर्नुभएको छ। शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा धारणा राख्नुहुँदै सभामुख घिमिरेले यस्तो अनुरोध गर्नुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा मिटरब्याज पीडि सम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो नभएको उहाँले बताउनुभयो। सत्ता पक्ष र प्रतिपक्षी दलको छलफलका लागि सहजीकरण गर्न आफू तयार रहेको उहाँले प्रष्ट पार्नुभएको छ। सभामुखको भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भन्नुभयो, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनीभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु।’’सभामुख घिमिरेले आइतबारसम्ममा सहमति गर्न आग्रह गर्दै शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताउनुभएको छ। कार्यव्यवस्था समिति बैठक लगत्तै सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना सार्वजनिक गर्नुहुँदै शुक्रबारका लागि तोकिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने निधारण गरिएको जानकारी गराउनुभएको छ ।
सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री मोदी र कोरियाली परराष्ट्रमन्त्रीका दूतबीच भेट
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ ।