भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधार : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।
पार्टीविरुद्ध गतिविधि गर्ने चार जनालाई कारवाही
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : मन्त्री शर्मा
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तर्क्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गर्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिनुभयो शपथ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
ऊर्जा उत्पादकहरूबाट प्रधानमन्त्रीको ध्यानाकर्षण
२०८० जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा र अन्यत्रमा आएको बाढी पहिरोबाट जलविद्युत ठुलो क्षति पुगेको छ । क्षतिबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरू शुक्रवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् । ऊर्जा उत्पादकहरूले सरकारले यसको क्षतिमा राहतको उपलब्ध गराउन समेत माग गरेका छन् ।
मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष हुनबीच शिष्टाचार भेटवार्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग वीरसिंहको भलाकुसारी : छोराको उपचारभन्दा देशको चिन्ता
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।
मिटरब्याज विधेयक पेस गरिँदै
प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ ।
बागमतीमा विनियोजन विधेयकमाथिको छलफल सकियो
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रमुख प्रतिपक्षी दल र विपक्षीका योजनालाई आगामी आवको बजेटमा समेट्ने बताउनुभएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख समक्ष दाबी गर्नुभएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री शर्मा
पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।
एसईई नतिजा : कति विद्यार्थीले कति जिपिए ल्याए
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।
एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ।
प्रदेश प्रमुखलाई नेकपा एमालेले बुझायो ध्यानाकर्षण पत्र
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश सभामुखलाई गणना गरी बहुमत पुगाएको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेको हो ।
‘भ्रष्टाचारको जरो नफाले २०८४ मा जनताले फाल्छन्’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल सरकारले खोलेको भ्रष्टाचारको फाइल जरासम्म नपुगे २०८४ मा जनताले जरो उखेलेर फाल्ने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको प्रचार भ्रामक र आपत्तिजनक: माओवादी केन्द्र
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको विरोधलाई पार्टीले भ्रमक, आपत्तिजनक र दुराशययुक्त प्रचारबाजी भनेको छ।
मुख्यमन्त्रीको दाबी अस्वीकार गर्न प्रदेश प्रमुखलाई आग्रह
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सभामुख समेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध गरेको छ ।
एमालेको विरोधपछि राष्ट्रिय सभाको बैठक स्थगन
राष्ट्रिय सभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिनुभयो ।
‘प्रधानमन्त्रीको राजीनामा माग्नु भ्रष्टाचारविरुद्धको अभियान रोक्ने मनसाय’
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट रहेको जनाएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेश गर्ने तयारीमा गठबन्धन दल
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।