राष्ट्रिय सभा बैठक मङ्गलवारका लागि सर्यो
राष्ट्रिय सभाको बैठक भोलीका लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढ्ने
सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका कानुन निर्माण कार्य द्रुत गतिमा अघि बढाइने बताउनुभएको हो।
सहमति भएर पनि चलेन संसद्
प्रमुख दलका शीर्ष नेताबिच भएको सहमति कार्यान्वयन नभएपछि प्रतिनिधि सभाको बैठक सोमरबारसम्म स्थगित गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सदनको गतिरोध अन्त्यको ससर्त सहमति भएको थियो तर सहमतिको केही क्षणमै पुनः थप छलफलको आवश्यकता रहेको भन्दै बैठक सूचनाद्वारा स्थगित गरिएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रहमा सोमबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो ज्ञापन
संयुक्त राजनीतिक दलित संघर्ष समितिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बुझाएको ज्ञापन पत्रमा दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरिएको छ।
मिटरब्याज पीडितलाई न्याय दिन्छौं : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताउनुभएको छ।
डा.आरजुलाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको पुष्टि
नेपाली प्रहरीले डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो सत्य नभएको पुष्टि भएको जनाएकाे छ ।
कांग्रेसलाई समुदायमै जोड्ने प्रतिवद्धता
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले औपचारिक कार्यक्रमका लागि नै भनेर केन्द्रीय कार्यालय नआएको वर्षौँ भयो । निर्वाचनका बेला टिकट वितरण, केही अनौपचारिक छलफल र विकासका कार्यक्रमबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउन जिल्ला सभापतिहरू केन्द्रीय कार्यालयमा आउने र सांगठानिक कुरा औपचारिक छलफलमै सीमित हुने गरेको थियो ।
केरुङ्गे खोला
नवलपरासी पूर्व नवलपुरको कावासोती–१,बाट देखिएको केरुङ्गे खोलाको दृश्य । केरुङ्गे खोलाले बर्सेनि यहाँको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो।
संसद्लाई शीर्ष दलको सिन्डिकेट बनाउन खोजियो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ।
प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ : प्रमुख सचेतक गिरी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको र उहाँले संसद् बैठकमा माफी मागे मात्र सदन खुल्ने बताउनुभएको छ ।
जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद
तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।
खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ।
सरकार संसदीय समितिप्रति जिम्मेवार देखिएनः योगेश भट्टराई
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समितिप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ।
प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्यो
आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो।
बानेश्वरमा मिटरब्याज पीडितको प्रदर्शन
मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
तीन दलका शीर्ष नेताको बैठक : सङ्घीय संसद्को अवरोध खुलाउन सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद् सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
मन्त्री मोदी स्वदेश फिर्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी स्वदेश फर्कनु भएको छ ।
‘रावलको योगदान उच्च’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिंह स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु-याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो ।
समाजवादी आन्दोलन अघि बढाइने
चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालको बैठकले नीति तथा कार्यक्रम र आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेको कार्यदल गठन गरेको हो ।
दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताउनुभएको छ।
समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताउनुभएको छ । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उहाँले बताउनुभयो ।