मनसुनजन्य विपद् व्यवस्थापनको सबै तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताउनुभयो।
प्रतिनिधि सभाको दोस्रो बैठक स्थगित : अर्को बैठक शुक्रबार बस्ने
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधि सभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।
हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँः रास्वपा सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताउनुभएको छ।
सवारी चालक अनुमतिपत्रको राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ
सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ ।
राष्ट्रिय सभा बैठक भोलिसम्म स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो।
महोत्तरी प्रहरी कार्यालयका लेखापाल विरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।
विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्य सचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिनुभयो।
राजस्व उठाउने काममा जिम्मेवार बन्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
पूर्वमुख्यमन्त्री राई र थापाको जोडी च्याम्पियन
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन हुनुभएको छ ।
समाजलाई अघि बढाउन पत्रकारिताको अहम् भूमिका : सभामुख
सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।
मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति असामान्य : एमाले
नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ ।
प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।
भ्रष्टाचारविरुद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ।
पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय
बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपतिसँग फ्रान्सेली राजदूतको भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ ।
जातीय विभेदविरुद्ध जसपाले खबरदारी कार्यक्रम गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।
राप्रपाले शीर्ष नेतालाई दियो प्रदेश संयोजकको जिम्मेवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ।
नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाइ गर्नु हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो।
बेपत्ता छानबिन र सत्य निरूपण आयोगको अवधि थप हुने
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ।