लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
नेता बिप्लबसहितका नेता कार्यकर्ताविरुद्ध पक्राउपूर्जी जारी
जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता–कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी गरेको छ । अदालतले सोमबार हातहतियार तथा खरखजाना मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध मुद्दा, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेको भन्दै ३५ दिने पक्राउपुर्जी जारी गरेको हो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरमै गर्न सभापति बानियाँको माग
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।
महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (फोटो फिचर)
प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागी हुनुभएको थियो ।
गृहमन्त्री खाण र कांग्रेस नेता पौडेलबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ । पौडेलको निवास बोहोराटारमा भएको उक्त भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिनुभयो ।
पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभएको छ।
प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन प्रेस युनियनको माग
लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसदमा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण
जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।
प्रधानमन्त्रीद्वारा गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ।
अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
फुटेज गायब हुनु गलत हो : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानविन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानविन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।
राप्रपाको स्थानीय तह परिचालन विभागले पूर्णता पायो
राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ।
जनार्दन शर्मा अर्थमन्त्री नियुक्त : केही बेरमा शपथ हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
माओवादी स्थायी समिति बैठक स्थगित
काठमाडौं, साउन १५ गते। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो।उहाँले भन्नुभयो, “अर्थमन्त्रीको शपथको कुरा छ, पार्टीमा पदाधिकारी चयन सम्बन्धमा टुङ्गो लगाउने कुरा छ। अध्यक्षको २१ देखि २५ गतेसम्म जापान भ्रमण छ, त्यसपछि बस्ने भन्नेछ।”संसदमा पुगेका केही विधेयक सम्बन्धमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टी अध्यक्ष पुष्पकमल दाहालको साउन २१ देखि २५ गतेसम्म जापान भ्रमण गर्ने कार्यतालिका रहेकोले त्यसपछि मात्रै बैठक बस्ने उहाँको भनाइ छ।
निर्मलराज काफ्ले ब्राजिलका लागि राजदूत नियुक्त
निर्मलराज काफ्ले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ ।
नेता शर्मा पुनः मन्त्री हुने
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले गोरखापत्र अनलाइनलाई सो जानकारी दिनुभएको हो ।
नेता कोइरालालाई कोरोना सङ्क्रमण
काठमाडौं, साउन १४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ। शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख
काठमाडौं, साउन १४ गते । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, डा. बज्राचार्यले भन्नुभयो, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार भारतमा भएको थियो । रासस
चुनावअघि कुनै पनि दलसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो ।
पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ।
दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं, साउन १४ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ। उहाँले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिनुभयो।नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताउनुभयो। उहाँले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुनसक्ने खतरा औँल्याउनुभयो।प्रवक्ता महतले काठमाडौँ महानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताउनुभयो। स्वतन्त्र व्यक्ति महानगरको नगरप्रमुख हुँदा प्रभावकारी काम गर्न नसकेको उदाहरण काठमाडौँमै देखिएको भन्दै उहाँले कतिपय जिल्लामा स्वतन्त्र नेतृत्वले कुरा गरेअनुरुप काम गर्न नसकिरहेको जिकिर गर्नुभयो।काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र शाहलाई पनि चुनावका बेला प्रतिवद्धता जनाएबमोजिम काठमाडौँको फोहर व्यवस्थापन गर्न निकै हम्मे परिरहेको उहाँको भनाइ थियो।नेता महतले कांग्रेस नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने भन्दै कांग्रेसभित्रका केही कमजोरीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन। तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन। कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ”, डा महतले भन्नुभयो।उहाँले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकाले आगामी निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गर्नुभयो। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ सङ्गठनलाई चलायमान बनाउनुपर्ने बताउनुभयो। निर्वाचन नजिक आइसकेकाले अब सबै पार्टीपङ्क्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने खाँचो औँल्याउनुभयो। चौधरीले नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो।अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा केन्द्रीय सदस्य नृपबहादुर बडूले मुलुकका लागि कुनै योगदान नगरेकाहरू अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेको उल्लेख गर्नुभयो। उहाँले लोकतन्त्रका लागि भएको आन्दोलनमा कुनै भूमिका नभएकाहरू अहिले स्वतन्त्रका नाममा राजनीति गर्न आउन थालेको भन्दै आक्रोश पाख्नुभयो। प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली
काठमाडौं, साउन १४ गते। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताउनुभएको छ। देशलाई जोगाउन र अगाडि बढाउन एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी उहाँको छ। राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो। ओलीले भन्नुभयो, ‘‘सत्तारुढ दलका नेताले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ। यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनु नै हो। जसबाट मात्रै देश बन्नसक्छ।’’ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने भनाइ पटकपटक दोहोर्याउनुभयो। त्यसैगरी उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराउनु भएको छ। उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागीता गराएको विषय छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन पार्टीलाई स्वीकार्य नभएकोसमेत प्रष्ट पार्नुभएको छ।
दाहालको प्रधानमन्त्री बन्ने इच्छा- 'यो मेरो ‘लास्ट इनिङ’ होस्'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ।