• २९ वैशाख २०८२, सोमबार

विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्छ : महामन्त्री थापा

blog

स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौं, असार १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो । काठमाडौंमा सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै कांग्रेस महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुहुँदै उहाँले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने जिकिर गर्नुभयो ।


‘‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिक रूपमा सचेत छन्, त्यहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य गर्नैपर्छ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘होइन भने यो पापले हामीलाई यति थिच्छ, हामीले मुक्ति पाउँदैनौँ । सङ्घीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा नै कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नुपर्छ । होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन ।’’

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वमन्त्री भीमसेन दास प्रधानलगायतले गिरिजाप्रसाद कोइरालाको योगदानको बारेमा चर्चा गर्नुभयो ।


यो पनि पढ्नुहोस