• १३ पुस २०८१, शनिबार

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित

blog

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति ।

काठमाडौं, असार १८ गते । कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० सर्वसहमतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि दफावार छलफल गरी कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरिएको हो ।  सङ्घीय संसद्को प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७)  बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिनुभयो ।

समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि सङ्घीय संसद्को प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।