• ८ कात्तिक २०८१, बिहिबार

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

blog

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ।

काठमाडौं, असार २३ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएको छ । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ शनिबार चीन प्रस्थान गर्नुभएको हो ।

उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् । कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ ।

फोरममा सहभागिता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ ।  नेपालको प्रतिनिधित्व गर्नुहुँदै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता हुने छ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्किनुहुने छ ।