पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन
काठमाडौं, असार २९ गते। गृहमन्त्री बालकृष्ण खाणले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ मा वर्षाका कारण पहिरोमा परेर विस्थापित भएकाको तत्काल उद्धार, राहतको व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ।गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो।पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकोले गाउँनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिनुभयो। पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको जानकारी प्रजिअ आचार्यले दिनुभयो।पहिरोले ६ वटा घर पुरेको छ। मानवीय क्षति नभएको उहाँले बताउनुभयो।
नेमकिपा अध्यक्ष बिजुक्छें र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
काठमाडौं, असार २९ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो। नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस
पदमा रहेसम्म जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर
काठमाडौं, असार २९ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिनु भएको छ। नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहेसम्म जनताको हितमा काम गर्ने वचन दिनुभएको हो।उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ। मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनुभयो। जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाइ थियो।मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोधसमेत गर्नुभयो। अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको जनाकारी गराउनुभयो।
चार नेतासँग स्पष्टीकरण सोध्ने राप्रपाको निर्णय
राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
अब लाखौँ युवाले नागरिकता पाउने छन् : गृहमन्त्री खाण
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबार विधेयक पेस गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ।
देउवा नेतृत्वमा कांग्रेसले गर्व गर्नुपर्छ : सञ्चारमन्त्री कार्की
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताउनु भएको छ।
कांग्रेस केन्द्रीय बैठकमा सदस्यहरुले सुझाव राख्नेक्रम जारी
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले सुझाव राख्नेक्रम जारी रहेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै आजको बैठकमा थप ४० जना सदस्यले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।
चिनियाँ नेता चियान्चाओको नेपाल भ्रमणबारे नेताका प्रतिक्रिया
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओले नेपाल भ्रमणमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्नुभएको बताउनुभएको छ।
मानव अधिकारलाई अशुद्ध ठान्नु हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई अशुद्ध ठान्न नहुने बताउनुभएको छ । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई उहाँले सचेत गराउनुभयो । मानव अधिकार एलाइन्सले आज यहाँ आयोजना गरेको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।