• १८ असार २०८१, मङ्गलबार

नेमकिपा अध्यक्ष बिजुक्छें र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

blog

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओसँग बुधबार साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ताको क्रममा ‘मयुर झ्याल’ मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर : रमेश गिरी/रासस

काठमाडौं, असार २९ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी  (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ। 

भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। 

उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो।

 नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस