अध्यक्ष नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चायोबीच भेटवार्ता भएको छ। मंगलबार काठमाडौंस्थित एक होटलमा उहाँहरु बीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध घनिष्ठ बनाउने विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो।
अध्यक्ष ओली र चियान्चाओबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति सम्बन्धमा छलफल
काठमाडौं, असार २८ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओबीच देशको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति सम्बन्धमा छलफल भएको छ।मंगलबार अध्यक्ष ओली निवासमा भएको उक्त भेटघाटमा राजनीतिमा आइरहेको बदलावका विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो।सञ्चारकर्मीहरुसँग बोल्नुहुँदै डा. भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध र मान्यता अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो। चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तररुपमा अघि बढाउन चाहेको र अध्यक्ष ओलीले नेपाल विगतदेखि एक चीन नीति, नेपाली भूभाग चिनियाँ वा अरु कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाँले भन्नुभयो, “चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ। आजको बदलिँदो परिवेश जुन छ, क्षेत्रीय राजनीतिमा आइरहेको बदलाव, अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावसँग पनि चीन र नेपालका जुन सम्बन्धका आधार हिजो तय गरिएका थिए। अर्थात् पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए, ती अहिले पनि कायम छन्।” यस विषयमा दुवै पक्षबाट प्रतिवद्धताहरु जाहेर भएको जनाइएको छ। यससँगै भेटघाटका क्रममा नेपालका कम्युनिष्ट पार्टीको मिलाप र एकीकरणको विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। तर, यो नेपालको आन्तरिक मामिलाको कुरा भएकोले यसमा चीनले कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको उहाँले बताउनुभयो।आइतबार चार दिने नेपाल भ्रमणमा आउनुभएका चियान्चाओले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो। चियान्चाओको बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र बुधबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।
गैरआवासीय नेपालीको नागरिकता समस्याबारे पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
ललितपुर, असार २८ गते। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। मंगलवार खुमलटारमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलसँगको भेटघाटमा उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराएर समस्याको समाधानका लागि प्रतिवद्ध छौं।” भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषय समावेश गरेर सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादीको तर्फबाट भएको पहलका लागि धन्यवाद दिएका थिए। उनीहरुले ८० लाख गैरआवासीय नेपालीको अधिकार सुनिश्चितताको पहल गर्न विधेयक सदनबाट पास हुनुपर्ने माग राखेका छन्। उक्त भेटघाट कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो। यसैगरी, संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वको उपस्थिति थियो।
सडकमा कार्यालय सञ्चालन गरेर विरोधमा उत्रिए वडाअध्यक्ष
काठमाडौं, असार २८ गते। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर नगरकोटका वडाअध्यक्ष धनबहादुर लामाले सडकमा कार्यालय सञ्चालन गर्नुभएको छ। उहाँले सोमबारदेखि सांकेतिक विरोध स्वरुप सडकमा वडा कार्यालयको काम सुरु गर्नुभएको हो।सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गर्दा पनि सडक लथालिङ्ग राखिएका कारण विरोध जनाउनुपरेको उहाँको भनाइ छ। लामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सो वडाको अध्यक्षमा निर्वाचित हुनुभएको हो।
प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगित
प्रतिपक्षी दलका सांसद उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा
धरानमा नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।
जसपा अध्यक्ष भट्टराई पक्षको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदै
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टै बैठक काठमाडौंमा शुरू भएकाे छ । बैठकमा पार्टीको कमिकमजोरी र के–के त्रुटी भए भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पशुपन्छी बजार प्रवर्द्धनका निर्देशकसहित सात जनाविरुद्ध ४७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २८ गते। पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाले गैरकानुनी लाभ हुने गरी सरकारलाई हानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार मुद्दा दायर भएको हो। निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कन्सल्टेन्सीका सञ्चालकसहित सात जनाविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपियाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। पशुहाट बजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ जिरीखिम्तीमा आफूलाई फाइदा हुने गरी गलत मनसाय राखेर सरकारलाई हानीनोक्सानी पुर्याउने गरी बिल भरपाइ पेश गरेको आरोप अख्तियारले लगाएको छ। उनीहरुमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।
एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश
नेकपा (एमाले)को भक्तपुर जिल्ला समिति परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।