पुष्पा भुसाल उपसभामुखमा निर्वाचित
उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।
स्वास्थ्य क्षेत्रमा सरकार उदासीन देखियो
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा उदासीन देखिएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको स्वास्थ्य क्षेत्रमा भएको एक वर्षे कार्य प्रगतिबारे समीक्षा गर्दै एमालेले सो आरोप लगाएको हो ।
उपसभामुख निर्वाचनको तयारी पूरा
प्रतितिनिधिसभाको उपसभामुखको निर्वाचनको तयारी पूरा भएको छ।
आईजीपी नियुक्ति विरुद्धको रिट खारेज : अस्वभाविक चलखेलको बाटो बन्द
सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज गरेको छ।
डा. भट्टराईले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरियो : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।
‘कूटनीतिक संवादबाट सीमा समस्याको समाधान खोजिनेछ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको छ ।
सत्ता गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिनुभयो ।
भारत सरकारबाट राहत सामग्री हस्तान्तरण
भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।